April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तिहार तङ्नाम, कुखुराको पोथी र धर्मपुत्र

तिहार तङ्नाम, कुखुराको पोथी र धर्मपुत्र

आफ्नो भाषा नभएकाहरु हाम्रो भाषा बोलेर आफ्नो मौलिक नभएकाहरु हाम्रो हिन्दू धर्म चोरेर हामी बाहुनहरुलाई नै थर्काउन खोज्ने मुर्ख मंगोलहरुको सपना कम्तिमा पनि पाँच शय वर्षसम्म सफल हुने छैन भन्ने प्रसाद उपाध्याय (२०५६) को चुनौति पढेपछि मलाई सोध्न मन लाग्या, साथी, किरात लिम्बुहरुको मौलिक चाड के हो ?’ कोहि भन्छन, ‘माघे सकान्ती । मार्च संकान्तीलाई हालसालै आएर केहि लिम्बु राष्ट्रवादीहरुले ककुफेक्वा तङनाम अर्थात ‘चाँप फूल्ने समयको चाड’ भनेर नामाकरण गरेको सुनिन्छ । माघे सक्रान्तीको समयमा चॉप फूलेको त देखेकै हो, तर लिम्बु समाजमा माघे सकान्ती त्यति फूलेको भने अहिलेसम्म देख्न पाएको छैन । मैले अहिलेसम्म सुनेको प्रमाण अनुसार, माघे संकान्ती त हिन्दु धर्मबाट अत्याधिक प्रभावीत आदिवासी थारुहरुको महान चाड हो । माघे सक्रान्तीको समयमा थारुहरु देश विदेशबाट आफ्नो घर आउँछन रे र यो चाड सात दिनसम्म मनाइन्छ रे थारु समाजमा । अनि कसरी सकान्तीलाई लिम्बु चाड भन्ने ? लिम्बुले मात्र होइन, सबै जातिले सेल र तरुल खाने गरेका छन यो चाडमा । लिम्बुवानमा मात्र होइन, पश्चिम महाकालीसम्म । माघी मेलाहरु लाग्छन, लिम्बुवानदेखि पश्चिम महाकालीसम्म । नेपालमामात्र होइन, भारतको प्रयागमा समेत ठूलो माघी मेला लाग्छ । बर्मा (म्यान्मार) मापनि भव्यरुपमा माघे सक्रान्ती भब्यरुपमा मनाइन्छ । हिन्दु ज्योतिष शास्त्र अनुसार, माघे सकान्तीको समय भनेको सूर्य उत्तरायण हुने समय हो, अर्थात सूर्य धन राशीबाट मकर राशीतिर सर्ने समय हो । त्यसैले यसलाई मकर सक्रान्ती पनि भनिन्छ । यो चाडमा हिन्दुहरु मकर स्नान गन बिभिन्न हिन्द तिर्थस्थलका जलाशयहरुमा पुग्छन र हिमालका बाघ भालुपनि बेसीतिर मकर स्नान गर्न भर्छन रे भन्ने कुरो त लाटालाई पनि थाहा छ। तैपनि माघे सक्रान्ती किरात लिम्बुहरुको मौलिक चाड हो ? कोहि लिम्बु राष्ट्रवादीहरु भन्छन, ‘माघे सकान्ती किरात लिम्बुहरुको नव वर्ष हो, किनकि यहि समयमा किरात युध्द नायक यलम्बरले नेपाल उपत्यकामा राज्य गर्न शुरु गरेका हुन ।’ तर यो कुरो कुन ग्रन्थमा लेखिएको छ ? मलाईचाहिँ थाहा छैन, तैपनि माघे सक्रान्ती लिम्बुहरुको मौलिक चाड हो ? माघे

त्यसो भए, हिन्दुहरुको धान्य पूर्णिमा, अर्थात मंसिर पूर्णिमाचाहिँ, किरात लिम्बुहरुको मौलिक चाड हुनसक्छ ? लिम्बुहरुले मंसिर वा बाली पाक्ने समयलाई तङ तुम्मा येम भन्छन । तड तुम्मा को अर्थ ‘बाली पाक्नु’ हो कि ‘संवत सकिनु’नया संवत शुरु हुनु हो त्यो पनि थाहा छैन समयमा चासोक (न्वांगी) रनर र पहिला पहिला त फन भव्यताका साथ गरिन्थ्यो तर ब्राम्हण क्षेत्रीहरुलेपनि भव्य तरिकाले न्याँगी गरेको देखिन्छ किन तयाकदित लिम्बु चाडहरु हिन्दु चाडहरुसंग यस्ता नराम्ररी मिलेका होलान किन लिम्बु चाडहरु यसरी फरक छैनन, जसरी मुसलमानहरुको इदुल फितर र बकर इद छन, जसरी बहरुको ल्होसार फरक छ ? त्यसो भए, कुन चाडचाहि निम्बहरुको मौलिक बाडजस्तो देखिन्छ ? यो प्रश्नले मलाई जीवनभर घोचिरह्यो र अहिलेपनि घोच्न डेको छैन। तिहारचाहिँ हो त लिम्बु चाड त्यसोभए ?

Advertisement

सानै देखि नै चाड भने पछि हुरुक्कै हुने मान्छे म तिहार, अर्थात बलिहाङ तङनाम, भने पछि त झन भुईमा खुट्ट हुँदैनथे कति दिन संम। तर दुर्भाग्यको कुरो मेरो खुशी धेरै दिन संभ टिक्न सकेन । किनकि तिहारको बारेमा अचानक एउटा बखेडा निस्क्यो । कोही भन्थे तिहार भनेको हिन्दुहरुको मौलिक चाड हो, कोहि भन्ये यो त किरातहरुको चाड हो । हुन यस्तो बखेडाले मलाई कहि सानेवाला थिएन किनकि जसको चाड भएपनि मनाउन त पाइन्छ। पाइयो र पाइदै पनि छ । तैपनि मन अमिलो भइ नै रह्यो। गोरे बहादुर खपाईका कारणले दशैमा आउने अलि अलि आमदानी पनि सक्यो। अब तिहारमा पनि फेरि के के कुराको बलिदानी गर्नुपर्ने होला ? तिहार किरातहरुको मौलिक चाड हो भने त धेरै खुशीको कुरो। बरु प्रमाण पो नभेटिने हो कि भन्ने डर !

तिहार संबन्धी हिन्दु तर्क बारेमा त धेरथोर ज्ञान मलाई पनि थियो । तर किराती चाड हो भन्ने तर्कमा भने म गोबर गणेश नै थिएँ। तिहार किरातहरुको मौलिक चाड कसरी ? जस्ता प्रश्नहरु संधै अनुत्तरीत हुन्थे । थोरले उत्तर दिने प्रयास त गर्थे तर टालटुले पाराको मात्र । टालाटुली बटुलेर बनाएको पुतली कहाँ पो राम्रो देखिएको छ र ?

सक्कली पुतलीको खोजी गर्ने क्रममा एक पटक लिम्बु इतिहास र संस्कृतिका पिता चेम्जोङ (१९६६) को किरात इतिहास र संस्कृति प्राप्त भयो, जसमा ह्यामिल्टनको एन अकाउन्ट अफ द किंगडम अफ नेपाल (१८१९) लाई उदृत गर्दै लेखिएको पाइयो – हिन्दु प्रभावले मगरहरु शाह वंश र खान वंशमा विभाजीत हुनु भन्दा पहिला मगरात (मगर भूमि) मा एक जना बलि हाङ नाम गरेका अत्यन्तै लोकतान्त्रिक र प्रजावत्सल राजा (पक्कैपनि मगर) राज्य गर्दैछन । उनी भनेपछि जनताहरु हुरुक्कै हुन्थे रे । एक दिनको कुरो हो रे यि बाबै बेस्सरी बिरामी परेर थला परेछन् । शोक विव्हल उनका जनताहरुले घरै पिच्छे बत्ति बालेर रात भरि जाग्राम बसेर मृत्यु शैय्यामा छटपटाइरहेका बलि हाङ राजाको दीर्घायुको कामना गरेछन । फलस्वरुप, यमराजको योजना विफल भएछ र बलि हाङ बाबै बांचेछन । सबै जनता खुशी भएछन र पुनर्जीवन प्राप्त गर्ने उनै राजा बलि हाङको
संझनामा तिहार पर्वको शुरुआत गरिएको हो रे । किरात मुन्धुममा यस्तो करो • उल्लेख छ रे । त्यसैले तिहार भनेको किरातहरुको विशुध्द मौलिक चाड हो रे । तिहार माने किराती चाड रहेछ भन्ने अको प्रमाणको रुपमा चेम्जोङज्यूले

(शायद ह्यामिल्टनकै आधारमा) ‘भैलो’ र ‘देउसीरे’ शब्दलाई अगाडि सार्नु भएको छ। भैलो माने फाइलो हो रे र फाइलो माने ‘ सहयोग गरौं है’ हुन्छ रे । त्यस्तै देउसीरे माने ‘पुरोहित राजा (priest king) हुन्छ रे । त्यसैले तिहार अर्थात बलिहाङ तङनाम, माने किराती चाड हो रे । तर कुन भाषामा फाइलो (भैलो) माने ‘सहयोग गरौं है’ र देउसीरे माने ‘पुरोहित राजा’ हुन्छ ? लिम्बु भाषामा कि राई भाषाहरुमा ? यसको उत्तर भने कसैको खल्तिमा नाइँ जस्तो लाग्छ । यस्तो अर्थ अरु किराती भाषाहरुमा लाग्छ भने त भगवान नै जानुन, तर लिम्बु भाषामा चाहि कुनैपनि हालतमा लाग्ने संभावना छैन । किनकि लिम्बुहरुले भैलो को सट्टा लारिङगेक र देउसीरे को सट्टा नामलिङगेक शब्दहरु प्रयोग गर्छन भन्ने कुरो सुन्नमा आएको छ । भैलो र देउसीरे दुवै शब्दको ठाउँमा एउटै मात्र शब्द ताम्राङगेक प्रयोग गरेको त झन मेरै कानले नै पनि कति सुनेको, मेरे आँखाले पनि कति देखेको छचन्द्राको टाउकामा चमेलीको तेल होइन भने लारिङगेक, नामलिङगेकर ताम्राङगेक जस्ता कैयौं मौलिक लिम्बु शब्दहरु हँदाहुँदै भैलो र देउसीरे शब्दहरु लिम्बु भाषाका हुन भनि ठान्नु ठिमीतिर कुद्नु भन्दा केहि फरक

नपर्ला कि ! भाषाको आधारमा भन्ने हो भने लिम्बु भाषामा ताम्राङगेक जस्ता मौलिक शब्दहरु पाइनुले तिहार किरातहरुको मौलिक चाड हो कि भनेर अनुमान गर्दा पाप लागि नै त हाल्दैन । तर माथि उल्लिखीत कथाको आधारमा तिहार माने मगर चाड पो हो त भन्ने व्यक्तिलाई पनि सरापी हाल्न मिल्दै न । किनकि बलि हाङ मगरातका राजा रहेछन र मगर जनताको सहयोगले उनले दीर्घायू प्राप्त गरेका रहेछन । भाषा र कथाले त तिहारलाई यता न उतिको चाड मात्र बनाएन र !

केहि किरातीहरुले अहिले संम किराती चाड ठान्दै ल्याएको तिहार चाड यसरी एकाएक मगर चाड पनि ठहरिन पुग्नु पक्कैपनि शुभ संकेत होइन त्यसो भए तिहारलाई कसरी किराती चाड बनाउने त ? यसको एउटा उपाय छ । त्यो हो – बलि हाङ मगरातका राजा भएपनि उनी मगर होइनन, किरात नै हुन भनेर दावी गर्नु । मगरातमा कसरी किरात राजा पुगे ? किरात राजाहरु कहिले मगरातमा राज्य गर्न गएका थिए ? यसको कुनै प्रमाण छैन । तर मैथिली भाषा बोल्ने, काइते लिपि चलाउने, ‘हिन्दुपति’ भनिने मकवानपुरका मधेशीया सेन राजाहरुले त मगरातमा राज्य गरेकै हुन नि ! त्यसो भए, मधेशीया सेन मकवानहरु किरात हुन भनेर दावी गर्दा राजा बलि हाङलाई मगरातका किरात राजा बनाउन सकिन्छ । अनि त बलि हाङ तङनाम, अर्थात तिहार, किराती चाड नहुने कुरै छैन । यो दाबी तर्क र तथ्यले पुष्टि नगर्ने हुँदा मनको लड्डु घिउसँग नखाने वेश होला । तिहारलाई किराती चाड प्रमाणीत गर्ने अर्को उपाय हो मगरहरु पनि तर किरात हुन भनेर दावी गर्नु । यति गरेपछि राजा बलि हाड मगरलाई राजा बलि किरात भन्न मिल्यो । अनि त बलि हाङ तङनाम किराती चाड कसरी नहोला १ वास्तबमा, सुनिती कुमार चटर्जी (किरात जनकृति, १९५१) र चेम्जोङ (१९६६) हाङ का अनुसार, मगरहरु मात्र होइन संपूर्ण भोट-बर्मेली जाति र नेपालका शाह वंशी राजाहरु समेत किरात हुन । यो करो जनता जनार्दनले मान्न त मानिदेलान, तर अहिले राई, लिम्बु र सुनुवार बाहेक अरु कसैलाई किरात भनेको नसुन्दा दिक्क लागेर आउँछ । फेरिपनि यता न उति !

जहाँसम मुन्धुममा बलि हाङको कथा दिइएको छ भन्ने सवाल छ, त्यो पंक्तिहरु उदृत नगरिएको र फेला नपरेकाले तिहार माने किरात चाड मुन्धुमका नै हो भन्ने दावी छाति खोलेर स्विकार्नु पनि कसरी ? कहिलेकाहिँ त लाग्छ, बलि हाङको कथा वास्तविक नभएर एक जना बूढापाकाले आफू खुशी बनाएको कपोलकल्पित कथा मात्र हो, जुन ह्यामिल्टन (१८१९) ले पत्याएपनि नपत्याएपनि • जस्ताको तस्तै छापिदिए, जसलाई चेम्जोङ (१९६६) ले उदृत गरिदिए । हुँदा हुँदा, अब त डर पनि लाग्न थाल्यो ! जति प्रमाण जुटाउन खोज्दापनि तिहार माने किरात चाड नहुने पो हो कि !

तिहार अर्थात दीपावली, चाड ‘हिन्दु अधिराज्य’ नेपाल भरि मात्र होइन, हिन्दु बाहुल्य भारतमा समेत भव्यताका साथ मनाइन्छ भन्दा दुइ मत नहोला । यो तथ्यको आधारमा एउटा लाटो किरातले पनि प्रश्न गर्न सक्छ, ‘किराती प्रभावले गर्दा भारतीय उपमहादीप भरिका जनताले तिहार मनाएका हुन कि हिन्दुहरुले किरातहरुलाई देउसी खेलाइदिएका हुन ?’ नेपाली हिन्दुहरुले त तिहार भनेको किरात चाड हो भन्दा पत्याउन बेर नलाउलान, तर भारतीय हिन्दुहरुले पत्याउलान ? फेरिपनि उहि यता न उति !

वास्तविकता पत्ता लगाउन समस्यालाई दुवै पाटाबाट हेर्नुपर्छ भन्छन । त्यसैले अब चाहिँ तिहारलाई अर्को पाटाबाट हेरौँ । त्यो पाटो हो हिन्दु पाटो । पहिले त हिन्दु कथाबाट नै शुरु गरौं होला । धेरै धेरै पहिला, कहाँ हो कुन्नि, हिरण्य कश्यपुका छोरा प्रल्हादका नाति बलि राजाको जन्म भएछ । बलि राजा अत्यन्तै प्रतापी र शक्तिशाली रहेछन । एक पटक उनले तिन त्रिलोक चौध भूवन सबै जितेछन । यो ब्रम्हाण्डमा हाहाकार मच्चिएछ । देवी देवताहरु शरणार्थी बन्न पुगेछन । आफ्नो गुमेको भूमि बलि राजाको हातबाट कसरी फिर्ता लिने भन्ने समस्याले पिरोलेछ देवताहरुलाई । छल कपट गर्नमा खप्पिस भगवान विष्णुकहाँ उनीहरु सहयोगको लागि शरण परेछन । भगवान विष्णुले पनि उनिहरुलाई अब आफ्नो करामत देखाइदिने आश्वासन दिएछन । विष्णुले तुरुन्तै बामन (ब्राम्हण ? बाउन्ने ?) को रुप धारण गरेछन । ब्राम्हण त दान माग्ने, दान लिने जात हो। तिन त्रिलोक चौध भूवन विजय गरेर मख्ख परि राज्य गरिबसेका बलि राजा कहाँ छली बामनले चेपारे घस्दै तिन पाइला टेक्ने जमिन दान मागेछ । ‘नाथे तिन पाइला टेक्ने जमिन ” दानी बलि राजा दिन मञ्जुर भएछन ।

भगवान विष्णुले अब भने आफ्नो सक्कली रुप देखाउँदै गएछन । एक पाइलो टेक्दा मर्त्यलोक अर्थात पृथ्वीलोक सबै टेकिदिएछन । दोस्रो पाइलाले स्वर्गलोक ढाकिदिएछन । तेस्रो पाइला त टेक्ने ठाउँ नै भएन छ । बलि राजा आत्तिएछन । बामनरुपी विष्णुले भनेछन, ‘बलि राजा ! मलाई तिमीले आफ्नो शीर नै भएपनि देऊ । तिम्रो शीरमाथि नै भएपनि म तेस्रो पाइला टेक्न चाहन्छु ।’ आफ्नो वचन पूरा गर्न बलि राजा शेष नागको रुप धारण गरी पाताललोक भासिएछन र उनको शीरमाथि पाखण्डी बामनले हाँसी हाँसी टेकिदिएछ । क्षणभरमै बलि राजा शरणार्थी खाते भएछन ।

यसरी गुमेका आफ्ना राज्यहरु बलि राजाको हातबाट फिर्ता गराइदिएकामा • देवताहरुले बामनरुपी भगवान विष्णुको जय जयकार गरेछन । दीप बालेर त्यो खुशीको दिन मनाएछन । त्यहाँदेखि नै बामनको संझनामा तिहार माने दीपावली चाड मनाउन थालेका रे हिन्दुहरुले । अब हामी विचार गरौं त । तिहार संबन्धी हिन्दु कथा माने बलि राजाको कथा बढि विश्वासलाग्दो देखिन्छ कि किराती कथा माने बलि हाङको कथा ? दुवै कथालाई उतिकै विश्वास गर्ने दुस्प्रयास चाहिँ हामी कसैले नगरौं किनकि यसो गरियो भने यता न उति भइन्छ फेरि । दुई नाउँमा खुट्टा राखियो भने दुर्घटना हुन्छ किनकि वास्तविकता जहिले पनि एउटा मात्र हुन्छ ।

कथाको कुरा पछि अब भाषाको कुरातिर लागौं । माथि उल्लिखीत बलि राजाको कथामा बामनले दान माग्दा ‘पाइलो’ शब्द प्रयोग गरेका छन, जुन नेपाली भाषामा छ । तिहारमा सबै भन्दा पहिले भैलो (भाइलो ?) खेलिन्छ । पाइलो शब्द भाइलो हुन सक्छ कि सक्दैन त्यसको बारेमा त अहिले नै केहि भन्न सकिन्न । तैपनि भाइलो (भैलो) माने पाइलो हुन सक्छ भन्ने तर्क बढि विश्वासलाग्दो देखिन्छ कि भाइलो माने ‘सहयोग गरौं है’ भन्ने अर्थ ? त्यसै गरी ‘शीर’ माथि टेकिमाग्ने प्रशंग पनि बलि राजाको कथामा स्पष्ट छ । त्यसैले देउसीरे माने ‘देउ शीरै’ वा ‘देउ शीर नै’ भन्ने अर्थ युक्तिसंगत देखिन्छ कि देउसीरे माने ‘पुरोहित राजा’ भन्ने अर्थ ?

किराती कथाको सन्दर्भमा लोकतान्त्रिक एवं प्रजावत्सल राजा बलि हाङ को संझनामा दीप बालेर तिहार मनाउनु स्वाभाविकै देखिन्छ । तर तिहारमा देउसी खेलेर दान (भिक्षा) पनि मागिन्छ । किरातहरु दान माग्ने जात होइनन । हुन त दान माग्दा जात जाने नै त होइन किनकि किरात समुदायमा जात प्रथा नभएपछि के को जात जानु दान माग्दा पाप लाग्ने कुरो पनि छैन किनकि चोरे दण्ड पाइन्छ, मागे संसार पाइन्छ भन्छन । राजा बलि हाइले कसको उध्दार गर्न कसलाई के दान मागेका थिए र उनको संफनामा भैलो र देउसी खेल्नु पर्ने किरातहरुले ? बलि राजाको कथामा त बामनले बलि राजाको आज्ञा मुताविक दान (तिन पाइला टेक्ने जमिन र शीर माथि टेक्न पाउने अधिकार) मागेर देवताहरुको उध्दार गरेको कुरो छ । त्यसैले तिहारको समयमा देउसी भैलो खेल्ने हिन्दुहरुले बामनको संझनामा बामन जस्तै भएर पाइलो (भैलो) र शीर देऊ भन्ने अर्थमा देउ शीरै भन्नु स्वाभाविक देखिदैन र ?

लेखक स्व. तेजमान आङ्देम्बे

तिहारमा दीपावली गर्ने, दान माग्ने र दान दिने प्रचलन त थाहा भएकै कुरो हो । यसको अलावा यो चाडमा पूजा गर्ने चलन पनि छ । यम पञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ । हिन्दुहरुको लागि त कारण सिम्पल छ किनकि • हिन्दु मुन्धुममा कागको भूमिका कस्तो छ सबैलाई थाहा छ । किराती मुन्धुममा कागको के महत्व छ र किरातहरुले त्यो कालो कागलाई पुजा गर्ने ? त्यस्तै, दोस्रो दिन कुकुरको पूजा गरिन्छ । शायद हिन्दु कथा अनुसार यमद्वारको पाले भएर होला । अरु किराती मुन्धुममा कुकुरलाई कस्तो स्थान दिइएको छ, त्यो त मलाई थाहा छैन तर एउटा लिम्बु मुन्धुम अनुसार भने एउटा कुकुरनीले पातकि दम्पति सुच्छुरु सुहाम्भूबा (पति) र तेत्लारा लाहादोङना (पत्नि) को घरको ढोकामा पाले बसिदिने र उनीहरुका अवैध सन्तानहरुको दीसा खाइदिएर सहयोग गर्ने गर्थ्यो । एक दिन घर बढानें कममा लाहादोङनाले उक्त कुकुरनीलाई कुच्चाले हिर्काउँदा साह्रै चित दुखी तागेरा निङवाभु कहाँ उजुर गरी लफडा मच्चाएको र त्यो समयदेखि कुकुरलाई कुच्चाले हिर्काउनु हुँदैन भन्ने कुरो छ । किरात मुन्धुममा कुकुरलाई खासै महत्व दिएको जस्तो लाग्दैन मलाई । तसर्थ किरातहरुलाई खिच्चा पूजा गरिराख्नुको कुनै अर्थ देखिदैन । तिहारको तेस्रो दिन गाईको पूजा गरिन्छ । फेरिपनि कारण सिम्पल नै छ । हिन्दुहरुको लागि गाई धन धान्यकि देवी लक्ष्मीको प्रतिक हो । किरातहरुको लागि गाई के को प्रतिक हो र त्यो डिंगालाई पूजा गर्नुपर्ने ? काटिखान प्रतिबन्ध नभएको भए, किरातहरुको लागि गाई शायद एउटा मिठो खालको मासुको प्रतिक मात्र हुन्थ्यो होला ! किनकि कोरली गाई मारेर बलि चडाउने मुन्धुममात्र छ लिम्बु संस्कृतिमा । तिहारको चौंथो दिन गोरुको पूजा हुन्छ किनभने हिन्दुहरुको लागि गोरु महादेवको प्रतिक हो । तर किरातीहरुको लागि त्यो साँढे के को प्रतिक हो र पुजा गर्नुपर्ने ? कुनैपनि लिम्बु मुन्धुममा साँढे पुजाको उल्लेख नै छैन

यम पञ्चकको पाँचौ दिन दाजुभाइको पूजा गरिन्छ । चेलीबेटीले माइतिहरुलाई दीर्घायूको कामना गर्दै फूल माला लाईदिने चलन छ । हिन्दु मुन्धुममा यसको पनि एउटा सानो कथा । परापूर्व कालमा तिहारको समयमा

नभएपछि के को जात जानु दान माग्दा पाप लाग्ने कुरो पनि छैन किनकि चोरे दण्ड पाइन्छ, मागे संसार पाइन्छ भन्छन । राजा बलि हाइले कसको उध्दार गर्न कसलाई के दान मागेका थिए र उनको संफनामा भैलो र देउसी खेल्नु पर्ने किरातहरुले ? बलि राजाको कथामा त बामनले बलि राजाको आज्ञा मुताविक दान (तिन पाइला टेक्ने जमिन र शीर माथि टेक्न पाउने अधिकार) मागेर देवताहरुको उध्दार गरेको कुरो छ । त्यसैले तिहारको समयमा देउसी भैलो खेल्ने हिन्दुहरुले बामनको संझनामा बामन जस्तै भएर पाइलो (भैलो) र शीर देऊ भन्ने अर्थमा देउ शीरै भन्नु स्वाभाविक देखिदैन र ?

तिहारमा दीपावली गर्ने, दान माग्ने र दान दिने प्रचलन त थाहा भएकै कुरो हो । यसको अलावा यो चाडमा पूजा गर्ने चलन पनि छ । यम पञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ । हिन्दुहरुको लागि त कारण सिम्पल छ किनकि • हिन्दु मुन्धुममा कागको भूमिका कस्तो छ सबैलाई थाहा छ । किराती मुन्धुममा कागको के महत्व छ र किरातहरुले त्यो कालो कागलाई पुजा गर्ने ? त्यस्तै, दोस्रो दिन कुकुरको पूजा गरिन्छ । शायद हिन्दु कथा अनुसार यमद्वारको पाले भएर होला । अरु किराती मुन्धुममा कुकुरलाई कस्तो स्थान दिइएको छ, त्यो त मलाई थाहा छैन तर एउटा लिम्बु मुन्धुम अनुसार भने एउटा कुकुरनीले पातकि दम्पति सुच्छुरु सुहाम्भूबा (पति) र तेत्लारा लाहादोङना (पत्नि) को घरको ढोकामा पाले बसिदिने र उनीहरुका अवैध सन्तानहरुको दीसा खाइदिएर सहयोग गर्ने गर्थ्यो । एक दिन घर बढानें कममा लाहादोङनाले उक्त कुकुरनीलाई कुच्चाले हिर्काउँदा साह्रै चित दुखी तागेरा निङवाभु कहाँ उजुर गरी लफडा मच्चाएको र त्यो समयदेखि कुकुरलाई कुच्चाले हिर्काउनु हुँदैन भन्ने कुरो छ । किरात मुन्धुममा कुकुरलाई खासै महत्व दिएको जस्तो लाग्दैन मलाई । तसर्थ किरातहरुलाई खिच्चा पूजा गरिराख्नुको कुनै अर्थ देखिदैन । तिहारको तेस्रो दिन गाईको पूजा गरिन्छ । फेरिपनि कारण सिम्पल नै छ । हिन्दुहरुको लागि गाई धन धान्यकि देवी लक्ष्मीको प्रतिक हो । किरातहरुको लागि गाई के को प्रतिक हो र त्यो डिंगालाई पूजा गर्नुपर्ने ? काटिखान प्रतिबन्ध नभएको भए, किरातहरुको लागि गाई शायद एउटा मिठो खालको मासुको प्रतिक मात्र हुन्थ्यो होला ! किनकि कोरली गाई मारेर बलि चडाउने मुन्धुममात्र छ लिम्बु संस्कृतिमा । तिहारको चौंथो दिन गोरुको पूजा हुन्छ किनभने हिन्दुहरुको लागि गोरु महादेवको प्रतिक हो । तर किरातीहरुको लागि त्यो साँढे के को प्रतिक हो र पुजा गर्नुपर्ने ? कुनैपनि लिम्बु मुन्धुममा साँढे पुजाको उल्लेख नै छैन

यम पञ्चकको पाँचौ दिन दाजुभाइको पूजा गरिन्छ । चेलीबेटीले माइतिहरुलाई दीर्घायूको कामना गर्दै फूल माला लाईदिने चलन छ । हिन्दु मुन्धुममा यसको पनि एउटा सानो कथा । परापूर्व कालमा तिहारको समयमा एक जना चेलीको माइती बिरामी परेर मृत्यु शैय्यामा छटपटाइरहेको रहेछ । चेलीले माइतिलाई नओइलिने फूलको माला लगाइदिएर कम्तिमा पनि मालाको फूल नओइलिज्ञ्जेलसम आफ्नो माइतिलाई नमराइदिन यमराजलाई अनुरोध गरी माइतिलाई दीर्घायू प्रदान गरिछन । त्यसैको अनुकरण गरेर तिहारमा चेलीहरुले माइतिहरुलाई मखमलीको फूल माला लगाइदिने प्रचलन बसेको रे। तर किरात लिम्बु समाजमा चेली माइति वीच फूलको आदान प्रदान गर्नु बर्जित छ । मुन्धुम नै छ नि, एक जना माइतिले आफ्नो पत्निको गलत गुनासो सुनेपछि रिस (हाङगेन सिक्चा) ले चुर भएर आफ्नी बहिनीलाई फूलको गुच्छाले हिर्काउँदा बहिनीको वक्षस्थलमा लागेको र त्यसपछि बक्षस्थलको घाउ पाकेर बहिनी मरेकीले चेली •माइतिवीच फूलको कारोवार त्यो समयदेखि निषेध गरिएको हो रे । त्यसैले तिहार लिम्बुबाहेक अरु किरातहरुको त चाड होला कि, तर लिम्बुहरुको लागि के को चाड ? चेलीले माइतिको पूजा गर्नु र माइतिले चेलीको पूजा गर्नु अवश्य नै राम्रो कुरो हो, तर चेलीले माइतिलाई फुल माला लगाइदिन नै नपाएपछि तिहार के को किरात लिम्बु चाड ?

अर्को कुरो हिन्दु कथाको बलि राजा र किराती कथाको बलि हाङ (हाङ ‘राजा’) नामहरु संयोगले मात्र मिलेका हुन भने त ठिकै छ, तर जबर्जस्ती गरेर मिलाइएका हुन भने चाहिँ बर्बाद छ । किन बर्बाद छभने हिन्दु कथाको बलि राजालाई किरातीहरुले तिहार आफ्नो चाड प्रमाणीत गर्न बलि हाङ बनाएको हुन सक्छ । होइन भने किराती कथाको बलि हाङलाई हिन्दुहरुले तिहार आफ्नो मौलिक चाड देखाउन बलि राजा भनेर उल्था गरी कथा बनाएको पनि हुन सक्छ । डाक्टर स्वामी प्रपन्नाचार्यज्यूले किरातहरुलाई आर्य हुन भनेर उल्था गरिदिए जस्तो !

कसैले तिहार किरात चाड भन्ला कसैले मगर चाड भन्ला त कसैले ; विशुध्द हिन्दु चाड । भन्नेले भन्न पाउँछ, सुन्नेले पनि सुन्न पाउँछ । तर सुनेका कुरो आफ्नो कान छामेर पत्याउने गरेमा मात्र सुन्नेले सुनको माला पाउँछ । त्यसो भए अब पालो तपाइँहरुको । माथिका तर्क र प्रमाणहरुको आधारमा अव कान छामेर भन्नुहोस त, पाठकवृन्द, तिहार अर्थात बलिहाङ तङनाम, वास्तबमै कुन जातिको मौलिक चाड जस्तो देखिन्छ ? किरातहरुको जस्तो ? मगरहरुको जस्तो ? कि हिन्दुहरुको जस्तो ? जनजातिहरुले अरु जातिको चाडमा आहारिस गरेको त होइन ? किरात र तिहारको संबन्ध कतै कुखुराको पोथि र हाँसको चल्लाको जस्तो त होइन ? आफ्नो चल्लो भनेर कति गर्व गरेर हुर्काएको बच्चो कुखुरो भयो भने कति बेमज्जा हुन्छ ? यो कुरा थाहा पाएपछि कति दिक्क लाग्दो हो किराती पोथिलाई ! छोरा भनेर कति माया गर्दै पालेको धर्मपुत्र आफ्नो होइन भन्ने संझनाले कति खिन्न पार्दो हो किराती बाबुलाई ? चेतना भया !

(प्रस्तुत लेख , संस्कृति र ईतिहासका क्यान्सरहरु बाट साभार)