April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वलिहाङ तङ्नाम (तिहार) याक्थुङ लिम्बुहरुकाे चाड हाेईन

वलिहाङ तङ्नाम (तिहार) याक्थुङ लिम्बुहरुकाे चाड हाेईन

तिहार याक्थुङ शब्द हाेईन

तिहार याक्थुङ शव्द हाेईन । याे आयतत शव्द हाे । याे चाड वलि राजाकाे हुकुमले मान्न थालेकाेले याक्थुुङ पुर्खाहरुले याक्थुङ भाषामा वलिहाङ भनिदिए ।
देउसी खेल्दा हिन्दूहरुले रामायणकाे कथा हाल्छन् याक्थुङहरुले मुन्धुमकाे कथा हाले । अनि देउसी (लारिङ्गेक नाम्लिङ्गेक) खेल्न थाले ।

Advertisement

वलिराजा(वलिहाङ) याक्थुङ थिए ?

वलिराजा याक्थुङ हाेईनन् । उनी हिन्दू मिथकीय राजा हुन् । उनकाे वर्णन हिन्दु ग्रन्थहरुमा पाईन्छ । याक्थुङ मुन्धुममा छैन । याक्थुङ इतिहासमा पनि छैन ।

याक्थुङहरुले किन वलिहाङ माने ?

नेपालकाे शाह राजा र राणाहरुकाे दबाबका कारण तिहार मान्न लगाए । उनिहरुले पनि वलिहाङ भनेर मनाउने भए । देउसि खेल्ने भए ।

भाईटीका किन लगाए ?

याक्थुङहरु सबैले भाईटीका लगाउदैनन् । तर हिन्दू छिमेकी, स्कूलकाे पढाईमा भाईटीकाबारे भएकाेले भाईटीका लगाउन देखासिकी गरे । बाहुन क्षेत्री छिमेकीले पनि लगाउन प्राेत्साहन गरे । अनि लगाउन थाले । याे पञ्चायतकालदेखि शुरु भएकाे पाईन्छ । अहिले पनि याक्थुङ मात्र बसेकाे गाउमा भाईटीकाकाे प्रभाव परेकाे छैन ।

याक्थुङले भाईटीका किन लगाउन हुँदैन ?

मुन्धुमकाे एक घटनामा भाउजूकाे कुराे सुनेर दाईले फुकफाक गरेर विष वनाएर छातिमा हानेकाे फूलले बहिनीकाे मृत्यु भएकाे घटना छ । तसर्थ त्यसयता फूलले नहान्नु, नचल्नु । चल्याे भने मरिन्छ । हाडनाता लाग्छ । चटयाङले हानेर मार्छ भन्ने मिथक बनेकाे छ । त्यहीँ भएर फूल लिने दिने पनि गरिदैँन भने माला लगाईदिने काम हुँदैन ।

यस्तै मिथक खाेर्सानी हातमा दिया दिई गर्याे भने बाँझिन्छ भन्ने भनाई छ । अहिले पनि समाजमा विद्यमान छ । फूलकाे मिथक पनि त्यस्तै हाे ।

फूलमाला लाउँदैमा हाडनाता लाग्छ त ?

फूलमाला लाउदैमा त हाडनाता लाग्दैन । तर मिथक भएकाेले र इतिहासकाे घटनाले गर्दा डराएका हुन् ।
याक्थुङ समाजमा सुँगुरकाे मासु पनि जुठाे चेलीमाईती बीचमा खानु हुँदैन भन्ने छ ।

याक्थुङमा फूलकाे महत्व छैन त ?

लेखक पालुङ्वा ।

याक्थुङमा फुलकाे महत्व साह्रै छ । फूलकाे वर्णनहरू मुन्धुममा लामाे छ । फुङसारी (कलश) काे महत्व छ । जीवन फूल सेक्मुरी, मृत्यु फुल बाबरी, मृतकलाई चढाउने फूल मिक्चिरी, प्रेमकाे प्रतीक अम्लारी आदि । तर, चेलीमाईती बीचमा लेनदेन मात्र गर्नु नहुने भनेकाे हाे ।

भाईटीका नलाउने त ?

याक्थुङले भाईटीका नलाउँदा राम्राे । मुन्धुमी मर्मलाई, पूर्खाहरूकाे चलनलाई मान्ने हाे भने भाईटीकाकाे कुनै अर्थ र महत्व हुँदैन । याे त देखासिकी मात्र हाे । खासमा याक्थुङ समुदायमा चेलिमाईतीकाे प्रगाढता प्रदान गर्ने माङ्गेना पूजा हाे । त्यसैले माङगेना वर्षमा 2 पटक गर्ने चलन थियाे । हिन्दूकाे प्रभावले माङ्गेना पूजा कम भएर गएकाे छ । चेलीलाई सम्मान स्वरुप माङ्गेना भनिन्छ । माङगेना भनेकाे शीर हाे । याक्थुङ भाषा ज्ञानकाे अभावले माङ्गेना लगायत याक्थुङ पूजाहरुकाे महत्व कम भएर गएकाे छ ।

अब कतिपयले मान्दै आएकाेलाई एकैचाेटी छाड्न सकिँदैन । यदि सबै सचेत भए भने छाेडिहाल्न सकिन्छ । तर परिवर्तन ढिलाे हुन्छ । त्यसैले क्रमश: क्रमश: हटाउँदै जानु पर्दछ र हट्दै जानेछ ।

तिहारमा रमाईलाे नगर्ने त ?

सकिन्छ भने देउसि नाचगान नगर्दानि हुन्छ । सकिन्दैन भने वन्देज पनि कसले गर्ने । तर नेपालि वाहेक अन्य देशका याक्थुङहरुकाे लागि याे चाडकाे कुनै साईनाे हुदैन । उनिहरुले मनाउदैनन ।
पहिले पहिले नेपालि गित गायाे, मुरली बजायाे भने ठूलाबढाले कराउथे । के मागिखाने जस्ताे भनेर । किनकि याक्थुङहरुकाे गाना वजाना या यालाङ, केलाङ, हाक्पारे अादि विषेश समयमा मात्रै गर्थे ।

लक्ष्मी पूजा गर्ने कि नगर्ने ?

याक्थुङ जातिमा लक्ष्मिकाे कुरै अाउदैन । याे अायतित शव्द पनि हाे । लक्ष्मिकाे पुजा गरेर धन सम्पति वढ्छ भनेर विश्वास गर्ने परम्परा छैन । त्यस्तै धनदाैलतकाे लागि युमा माङ नै सर्वेसर्वा सम्झन्छन । त्यसैले वर्ष 1 पटक युमाकाे पुजा गर्ने चलन छ । युमाले सुख शान्ति, समृद्धि र शक्ति प्रदान गर्ने विश्वास छ ।
याक्थुङहरुले लक्ष्मिकाे पुजा गर्नु हिन्दु सम्प्रदायकाे देखासिकि मात्र हाे । लक्ष्मि पुजा गर्नेले पनि पहिले युमाकाे पुजा गरेर मात्र गर्दछन ।

समग्रमा तिहारसँग याक्थुङकाे साईनाे छैन त ?

तिहारमा विषेश गरेर काग पुजा, कुकुर पुजा, गाई पुजा, गाेरु पुजा र भाईपुजा हुन्छ । यि सवै पुजाहरसंग याक्थुङकाे साईनाे छैन । गाई गाेरु त खाने जाति हुन । पहिले पहिले शाहा-राणा कालमा सरकारले तिहार मान्न लगाउथे । पञ्चायतमा पञ्चायत सरकारले लगायाे । अहिले मान्नु वाध्यता छैन । तर देखासिकिमा तिहार मान्ने चलन वढेर गएकाे छ ।
अहिले त फेसवुक र युटुवले गर्दा या ग्लाेवलाईजेशनले गर्दा झन देखासिकि भएर गएकाे छ । दिपावलि भारतकाे झै दिवालि भएकाे छ ।

निष्कर्ष के त ?

याक्थुङ जातिले तिहार नमान्दा हुन्छ । नेपालि याक्थुङहरु जाे समावेसि समाजमा छन । उनिहरु समावेसि हुन करै लाग्छ । यस मानेमा भाईटिका वाहेक अरुमा समावेसिकता अपनाउन सकिन्छ । भाईटिका पनि लगाउनै पर्ने भए खानपानकाे व्यवस्था गर्ने, कलश वनाउने, नछाेईकन पूजा गर्ने गर्न सकिन्छ, फूलकाे सट्टा सिलाम साक्मा या मेरिहेम्वाङ लगाउन सकिन्छ । यस क्रमलाई क्रमश: हटाएर लैजानु पर्दछ । किनकि आफ्नाे चलन नभएकाे र अर्काकाे ग्रहण गर्दा ठ्याक्कै मिल्दैन । बरु यसबेला माङ्गेना गरेर पनि गर्न सकिन्छ । याक्थुङ समाज मातृसत्तात्मक प्रकारकाे भएकाेले पनि पितृसत्तात्मक भन्दा फरक भएकाे मान्न सकिन्छ । यसलाई ठ्याक्कै मिलाउन सकिन्न ।

(लेखमा व्यक्त विचार लेखककाे निजी धारणा हाे । सं.)