April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी बर्खास्त, परशुराम खापुङ प्रदेश प्रमुख बन्दै

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी बर्खास्त, परशुराम खापुङ प्रदेश प्रमुख बन्दै

विराटनगर । प्रदेश एकका प्रमुख सोमनाथ अधिकारी प्यासीलाई सरकारले बर्खास्त गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्यासीलाई बर्खास्त गरी परशुराम खापुङलाई नियुक्त गर्न सिफारिस गरेको छ । प्रदेश १ मा जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।

Advertisement

सरकारले सोमबार प्रदेश १ सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरू पनि परिवर्तन गरेको छ ।
प्यासी ०७६ कात्तिक १७ गते प्रदेश १ को प्रमुखमा नियुक्त भएका थिए । उनी प्रदेशका दाेस्राे गभर्नर हुन् । त्यसअघि, प्रा.डा. गाेविन्द बहादुर तुम्बाहाङ लिम्बु प्रदेश एकका पहिलो गभर्नर भएका थिए ।