May 8, 2026, Friday
२०८३ बैशाख २५, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गैरकानूनी रूपमा ओमानमा काम गरिरहेकालाई नेपाल फर्कने अवसर

गैरकानूनी रूपमा ओमानमा काम गरिरहेकालाई नेपाल फर्कने अवसर

मस्कट(ओमान) । ओमानमा भिसा लगायतका आधिकारिक कागजात बिना काम गरिरहेका तथा रोजगारदाताको सम्पर्क बाहिर रहेका नेपालीहरूलाई नेपाल फर्कने अवसर रहेको नेपाली दूतावास ओमानले जनाएको छ ।

ओमानको श्रम मन्त्रालयले जारी गरेको पछिल्लो सूचना अनुसार ओमानमा विभिन्न समय देखि भिसा नवीकरण नभएको वा बिना जानकारी आफ्नो रोजगारदाता छोडी अलेखबद्ध भई अन्यत्र काम गरिरहेका नेपाली नागरिकहरू स्वदेश फर्कन चाहेमा यहाँको श्रम मन्त्रालयको स्वीकृति लिएर ३१ डिसेम्बर २०२१ सम्म ओमान छोड्नका लागि श्रम/भिसा सम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय भएबमोजिम यस दूतावासको पहलमा करिब ५० जना नेपालीहरू घर फर्किसकेको दूतावासले जनाएको छ।

Advertisement

सोही प्रकृयाबाट नेपाल फर्कन ईच्छुक नेपालीहरूलाई ओमानको श्रम मन्त्रालयबाट स्वीकृति लिन दर्ता गर्ने समय यहि डिसेम्बर २०२१ सम्मका लागि थप गरिएकोले ओमानमा विभिन्न कारणले आफ्नो रोजगारदाताको सम्पर्क बाहिर रहनुभएका तथा भिसा/राहदानीको म्याद सकिएका, दाजुभाई तथा दिदिबहिनीहरूलाई यस दूतावासमा अविलम्ब सम्पर्क गर्नुहुन अनुरोध छ। यसरी नेपाल जान चाहने नेपाली नागरिकहरूले (पासपोर्टको म्याद सकिएर ट्राभल डकुमेन्ट बनाउन परेमा वा यस सम्बन्धी थप केही बुझ्न परेमा) नेपाली दूतावासमा देहायबमोजिम सम्पर्क गर्नु हुन समेत अनुरोध गरिन्छ। नोटः अपराधिक गतिविधिमा संलग्न भई रोजगारदाताले प्रहरीमा उजुरी गरेकाहरूको हकमा यो प्रकृया लागू हुने छैन।

सम्पर्कः श्री दिनेश ढकाल श्रम सहचारी 7159-2506 eonmuscatlabour@gmail.com नेपाली राजदूतावास मस्कट, ओमान