May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तेह्रथुमको लालीगुराँस नगरपालिकामा युमा साम्योको समिति गठन

तेह्रथुमको लालीगुराँस नगरपालिकामा युमा साम्योको समिति गठन

तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा युमा साम्यो महासभा नेपालको तदर्थ समिति गठन भएको छ ।

युमा धर्मको प्रचारप्रसार एवम् जनजागरण अभियानअन्तर्गत लालीगुराँस नगरपालिकाको वसन्तपुरमा भएको कार्यक्रम नगरपालिकाका नगर प्रमुख एवं मुन्धुमविद् अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यस्तै, विशिष्ट अतिथिका रूपमा युमा साम्यो महासभा नेपालका केन्द्रीय सदस्य सन्तोष कुरुम्वाङ उपस्थित भएका थिए ।

Advertisement

स्थानीय समाजसेवी तुत्तु तुम्याहाङ अमर माबुहाङको अध्यक्षतामा भएको भेलाले छत्र बहादुर खवाहाङको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । रिक्त पदाधिकारीहरू पछि नियुक्त हुने गरी निर्माण भएको समितिको सदस्यहरूमा थेगिम तेयुङ, झमकबहादुर सोदेम्बा, चन्द्रमणि सेनेहाङ, रेन्जेन सोदेम्बा, जोगबहादुर केवुहाङ, निरज माबुहाङ, यामबहादुर तिल्लिङ, पूर्णबहादुर तिल्लिङ मादेन र महेन्द्र कुरुम्बाङ रहेका छन् ।


मन्तव्यका क्रममा मुन्धुमविद् अर्जुनबाबु माबुहाङले मौलिक याक्थुङ मुन्धुम, युमा धर्म र अन्य धर्महरूबारे विश्लेषणात्मक टिप्पणीहरू प्रस्तुत गरेका थिए । त्यस्तै, विशेष अतिथि सन्तोष कुरुम्बाङले याक्थुङ लिम्बु जातिको मौलिक पहिचान युमा धर्मले मात्रै जिवन्त राख्न सक्ने भएको बोध गर्दै गाउँसहरमा युमा साम्योप्रति आकर्षण बढेको उल्लेख गरे ।

अन्य अतिथिहरूमा लालीगुराँस नपाका वडा नं. ६ का वडाध्यक्ष तिलोचन खवाहाङ, युमा साम्यो महासभा तेह्रथुम जिल्ला तदर्थ समितिका सचिव टिकाराज खवाहाङ, लालीगुराँस नपाका वडा नं. २ का वडाध्यक्ष रूद्र तिल्लिङ, लालीगुराँस नपाका वडा नं. ५ का वडा सदस्य महेन्द्र तिल्लिङ, लालीगुराँस नपाका वडा नं. २ का वडा सदस्य लालबहादुर पाक्साँवा, युमा साम्यो महासभा तेह्रथुम जिल्ला तदर्थ समितिका सदस्यत्रय भोगबहादुर खवाहाङ, सूर्यबहादुर तेयुङ, विकास सेनेहाङका साथै पत्रकार आदाङबे सम्बाहाङ्फे र रविकिरण तिल्लिङ उपस्थित रहेका थिए । कार्यक्रममा सबै वक्ताहरूले आगामी १२ औँ राष्ट्रिय जनगणनामा धर्मको महलमा निर्धक्क भएर युमा लेख्न र लेखाउन आग्रह गरेका थिए ।