April 22, 2024, Monday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनएको दोस्रो विश्व भेला सुरु

एनआरएनएको दोस्रो विश्व भेला सुरु

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको राष्ट्रिय समन्वय परिषद(एनसीसी)हरूको दोस्रो विश्व भेला बुधबार सुरु भएको छ । विश्वका दुई दर्जन बढी मुलुकका एनसीसीहरू र अन्तर्राष्ट्रिय समन्वय परिषद(एनसीसी)का पदाधिकारीहरूको सहभागितमा भेला सुरु भएको हो ।

जुम भर्चुअल माध्यमबाट भइरहेको भेलाको संयोजक आयोजक एनआरएनए युएसए रहेको छ । भेलामा युएसएए, यूके, स्पेन, अष्ट्रेलिया, अष्ट्रिया, इटाली, कतार, कुवेत, क्यानडा, जर्मनी, बोटस्वाना, जापान, दक्षिण अफ्रिका, हङकङ, दक्षिण कोरिया, साइप्रस, पोर्चुगल, नेदरल्याण्ड लगायतका दुई दर्जन बढी एनसीसीहरूको सहभागिता रहेको छ ।

Advertisement

एनआरएनएको दोस्रो विश्व भेलामा सहभागीहरु ।

एनआरएनएको दसौँ महाधिवेशनको प्रतिनिधिको विषयमा विवाद उत्पन्न भई अध्यक्ष कुमार पन्त नेतृत्व र अन्य पदाधिकारी र आगामी कार्य समितिका आकाङ्क्षीहरूबीच तनाव बढ्दा अक्टोबरमा हुने भनिएको महाधिवेशन हुन सकेन । प्रतिनिधि चयनका विषयमा अध्यक्ष पदका प्रत्यासी कुल आचार्य पक्षका समूहले धाँधली भएको आरोप लगाउँदै आएको छ । उनको पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि मन्त्रालयले पत्राचार गर्दै एनआरएनएमा हस्तक्षेप गरेपछि अध्यक्ष पन्तले छ महिना कार्यकाल लम्ब्याएका थिए । पुनः आचार्य पक्षले चर्को विरोध गरेपछि मन्त्रालयले अर्को पत्र लेख्दै पन्त नेतृत्वको कमिटीलाई विघटन गरेर संरक्षक समितिलाई निर्वाचनको जिम्मा दिएको छ ।

एनआरएनएको दोस्रो विश्व भेलामा सहभागीहरु ।

सन् २००३ मा स्थापना भएको एनआरएएनएमा आइपरेको अप्ठ्याराहरूका विषयमा छलफल गर्दै एनसीसीहरूको साझा राय बनाउन भेला आयोजना गरिएको एनआरएनए यूकेका महासचिव खुसी लिम्बुले बताए । यसअघि पहिलो विश्व भेला गत अक्टोबर २४ मा भर्चुअल माध्यमबाटै भएको थियो । दोस्रो भेला एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अध्यक्षतामा भइरहेको छ । एनआरएनएको विश्वभर ८० मुलुकहरूमा एनसीसीहरू गठन भएका छन् ।

https://www.facebook.com/TheCurrentAffairsOfNepal/videos/196975782624378/