April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फोनिज यूकेको साधारणसभा स्थगित

फोनिज यूकेको साधारणसभा स्थगित

लन्डन । आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) यूूकेको वार्षिक साधारणसभा स्थगन भएको छ । आयोजक समिमितले प्राविधिक कारण जनाउँदै सूचना जारी गरेपछि फोनिज यूकेको साधारणसभा स्थगन भएको हो ।

फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुुङ राई नेपालमा रहेका आफ्ना बुवाको स्वास्थ्य स्थिति खराब भएर त्यसतर्फ आकस्मिक रूपमा प्रस्थान गर्नुपर्ने भएकोले साधारणसभा स्थगन गर्नुपरेको उपाध्यक्ष गोमा रानाले बताइन् । स्थगित साधारणसभा अनुकूल समयमा गरिने समेत उनले जनाइन् । औपचारिक रूपमा आइतबार फार्नबोरोमा हुने तय गरिएको साधारणसभा स्थगन भएको कुरा महासचिव भिमल राईले एक सूचना जारी गरेर जनाएका छन् । फोनिज यूकेको गत वर्षको नोभेम्बरमा भएको महाधिवेशनबाट लाबुङ राई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

Advertisement

शनिबार फोनिजले नेपालमा देशभरका आफ्ना जिल्ला र वैदेशिक शाखाहरूमा आफ्नो अधिवेशन गरेको थियो । त्यसैगरी, पुस महिनामा सात प्रदेशहरूको प्रादेशिक अधिवेशन र माघमा संघीय महाधिवेशन तय भएको छ । फोनिजको स्थापना सन् १९९९ मा भएको थियो । संगठनमा आठ जातीय पत्रकार संगठनहरू आबद्ध छन् । फोेनिज अहिले चार दर्जन बढी जिल्लाहरूमा गठन भएका छन् ।