April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

पान्थर । बाह्र दिने च्याब्रुङ प्रशिक्षण सम्पन्न भएको छ । संघीय सांसद तथा भौतिक पुर्वाधार तथा यातायात पुर्व मन्त्री वसन्त कुमार नेम्बाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, एवं प्राज्ञ सभा सदस्य भुमिका लिम्बु, संगीतज्ञ शिलाबहादुर मोक्तान, प्रसिद्ध गायिका कुन्ती मोक्तान लागायत धेरै विशिष्ट व्यक्तित्वहरुले हरेक दिनको अवलोकन अनुगमनको क्रममा यस्तो राम्रो प्रशिक्षणमा आफू सहभागी हुन नपाएकोमा दुख लागेको बताएका हुन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पान्थरको व्यवस्थापनमा प्रदेशस्तरीय लोक बाजा प्रशिक्षण कार्यक्रम अन्तर्गतको कार्यक्रम सदरमुकाम फेदेनस्थित वरदान संगीतालयमा लिम्बू जातिको अत्यन्तै पुरानो मौलिक बाजा के च्याब्रुङको आधुनिक र सांगीतिक सिस्टमभित्र रहेर गरिएको प्रशिक्षण सम्पन्न भएको हो ।

ताप्लेजुङ, पान्थर, तेह्रथुुम लगायतका अत्यन्तै उत्साहित २२ जना प्रशिक्षार्थीहरु रहेको उक्त प्रशिक्षण कार्यक्रम मंसिर १२ गतेदेखि हरेक दिन दुई सिफ्ट गरेर ७ घण्टाको दरले मंसिर २६ मा समापन भएको थियोे । ‘मैले कैयौ वर्ष के च्याब्रुङ नाचे तर त्यो परम्परागत वादन र त्यस्तै नाचमा मात्र सीमित रहेछ, यो प्रशिक्षणले पूरै आँखा खोली दियो आधुनिक र व्यवस्थित रुपले बजाउन नाच्न सिक्न पाउँदा सुरु सुरुमा त मै हराएँ तर प्रशिक्षणको केही दिन देखिमात्र प्रष्ट बुझियो कि हामिले नाचेको बजाएको त पूरै अव्यवस्थित र अवैज्ञानिक रहेछ,’ सहभागी ताप्लेजुङका केबी किरातीले बताए । यसरी नै हामीले च्याब्रुङ नाच्नु बजाउनु मात्र होइन यसको उत्पत्ति, यसको महत्वदेखि बनाउने तरिका समेत जानियो भने मात्र पारङ्गत र सांगीतिक मूलधारमा ल्याउन सकिने रहेछ तेह्रथुमकी सहभागी समीक्षा थेगुवाले बताइन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा संगीत विभाग प्रमुख अशोक राईुको प्रत्यक्ष निगरानीमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख प्रशिक्षक यासेली योङहाङ र प्रशिक्षकमा वरदान संगीतालयका प्रमुख बुद्ध लिम्बु इङ्वा रहेका थिए ।

Advertisement

प्रशिक्षणमा सहभागीहरु ।

कार्यक्रममा घटिका थेबे, समीक्षा लिम्बु, जुनु तुम्बापो, सुम्जिरी तुम्बापो, देवबहादुर साँवा, प्रभा मेयोङ्वा, उदय नेम्वाङ, केबी किराती, कर्मचन्द्र नेम्बाङ, मन्दिरा मेयोङ्वा, महेश सेलिङ, मिराक हाङ लिम्बू, महेन्द्र कुमार तुम्बापो, चन्द्र प्रकाश तुम्बापो, सेसेमा सुहाङ, तारा लिङ्देन, सम्झना योङहाङ, सुखराज लिम्बू, ज्योती बेघा, सुरेन्द्र सुहाङ, विरेन्द्र लिम्बू माबो, लाजोहाङ लिम्बूले प्रशिक्षण लिनु भएको थियो ।