May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेश २ को नाम मधेश प्रदेश पारित

प्रदेश २ को नाम मधेश प्रदेश पारित

जनकपुर । प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ मधेश प्रदेश नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ ।

मधेश प्रदेश ।

प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । त्यस्तै, मधेश प्रदेशको राजधानी जनकपुरधाम तय गरिएको छ । सात प्रदेशमध्ये मधेश प्रदेश पहिचानका आधारमा निर्माण भएको पहिलो प्रदेश भएको छ । अब, प्रदेश एकको नाम र स्थायी राजधानी मात्रै टुंगो हुन बाँकी छ ।