March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
युएचएसबी शाखाले मौलिक पितृ पुजाका साथ माघे सक्रान्ति मनाए

युएचएसबी शाखाले मौलिक पितृ पुजाका साथ माघे सक्रान्ति मनाए

अल्डरसट । गत शनिबार १५ तारिख शनिबारका दिन फानबोरोस्थित स्यामुअल कोडी स्पोट्र्स कलेज (ओक्फार्म स्कुल)मा मगरहरुको परम्परा अनुसार विधिवत रुपमा पितृ पुजा गरी युएचएस शाखा मगर संघ यूके युनाइटेड ह्याम्प्सायर, सर्रे, बर्कशेयर शाखाले माघे संक्रान्ति मनाएको छ ।

प्रवासमा पनि मगरहरुको मौलिक परम्परा संस्कार, संस्कृति भाषा, भेषभूषा, नेपाली कला गीत सङ्गीतलाई निरन्तरता दिन प्रोत्साहन र प्रबद्र्धन गर्न हरेक वर्ष यूकेमा माघे संक्रान्ति मनाइँदै आएको छ । गत बर्ष कोभिडको कारणले गर्दा मनाउन पाएन, त्यसकारणले यो वर्ष भव्यताका साथ मनाउनका लागि भिसा स्विकृित भएमा नेपालबाट हास्य कलाकार खड्क बहादुर पुन (खबपु) र स्थानीय कलाकारका माझ भरपूर मनोरन्जनका लागि कार्यक्रम आयोजाना गरिएको थियो । तर कारणवश खबपु भने उपस्थित हुन सकेकनन् ।

Advertisement

कार्यक्रममा सहभागी कलकारहरु ।

कार्यक्रम मगर संघ यूकेका अध्यक्ष (शाखाका सस्थापक अध्यक्ष) सुनिल राना, शाखाका अध्यक्ष हेमा राना र मगर संघ यूकेका पूर्व अध्यक्ष कुल बहादुर थापाले पानसमा दीप प्रज्ज्वलन गरी शुभारम्भ भएको थियो । त्यसपछि जति पनि दिवंगत सदस्यहरुको स्मरण गर्दै दुई मिनेट मौनधारण गरिएको थियो ।

उक्त दिन पौराणिक पितृ पूजापछि दिदीबहिनीहरुबाट बनाइएको मीठा मीठा परिकार खिचडी, सेल रोटी , फिनि रोटी बारा(बटुक) खीर, हलुवा, तरुल सखरखण्ड प्रसादका रुपमा ग्रहण भएको थियो । त्यसपछि साँस्कृतिक कार्यक्रम शुरु भएको थियो । सो अवसरमा महिलाहरुले कौडा नाच प्रस्तुत गरेका थिए । त्यस्तै, भाञ्जाभाञ्जीहरुको सलैजो नाचले देखाएका थिए । मगरहरुले माघे संक्रान्तिमा यो वर्षको अन्तिम सोरठी नाच्ने गरिन्छ । नाचमा पुजारी ओम प्रसाद थापा, वीर बलाल, टोप पल्ली, गीता पाइजा र जेसीमा पुन सहभागी थिए । कलाकारहरुमा शीला थापा, रेशा राना, वर्षा थापा, गीता पाइजा, सजीना पुन, रेजीना पुन, बिपिना पुन, जेसिमा पुन, प्रकाश गर्बुजा, सुमन श्रीस, अमित बुरा, प्रीया पुन, आरति थापा, रस्मीता थापा, रिबु थापा, वीर बलाल, टोप पल्ली ओम थापा थिए ।

कार्यक्रममा मगर संघका पदाधिकारी एवम् सदस्यहरु ।

साँस्कृतिक कार्यक्रम अल्डरसटको दी प्यालेसमा भएको थियो । अन्त्यमा राफल ड्रमा छवि माया पुन र गोमा रानाले भरपूर सहयोग गरेका थिए । प्रथम पुरस्कार सुनको जन्तर गोर्खा सर्भिसेसको डाइरेक्टर सुमन पुन बाट, दोस्रो पुरस्कार मगर पहिरन शाखाका अध्यक्ष हेमा रानाबाट, तेस्रो पुरस्कार साडी शाखाका उपाध्यक्ष महिला अध्यक्ष भिमा ढेगा, चौथो पुरस्कार सल्लाहकार वीर बहादुर थापाबाट प्रायोजन गरिएका थिए । प्रथम पुरस्कारको विजेता अमर रोका, दोस्रो सोम राना, तेस्रो आशा थापा र चौथो पुरस्कार ओम थापा रहेका थिए ।

पितृ पूजाको एक झलक ।

कोभिडको कारणले कार्यक्रममा न्यून सहभागिता रहेका थियो । कार्यक्रम शाखाका सचिव वीर बलालले रोचक ढंगले सञ्चालन गरेका थिए । शाखाका अध्यक्षले सम्पुर्ण कलाकार, डिजे गोर्खा साउन्डका लेख राना, फोटोग्राफर रेमन राना, खानाको प्रबन्धक दी प्यालेसका रिखी रानाको टिम, कार्यसमिति, सहभागी र सहयोगीहरु सबैलाई धन्यवाद दिएका थिए ।