April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तुम्बाहाङ्फेको सृष्टिको याङदाङ कृति लोकार्पण

तुम्बाहाङ्फेको सृष्टिको याङदाङ कृति लोकार्पण

काठमाडौँ । कवि सञ्जय तुम्बाहाङ्फेद्वारा लिखित ‘सृष्टिको याङदाङ’ कृति मंगलबार विमोचन भएको छ । ललितपुर चुम्लुङ हिममा उक्त कृतिको लोकार्पण भएको हो ।

याक्थुङ लेखक संघ, काठमाडौँ उपत्यका समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि कवि विमला तुम्खेवाले कृतिको विमोचन गरेकी थिइन् । कवि तुम्खेवाले पहिचानको मुद्दालाई केन्द्रमा राखेर लेखेको साहित्यहरु पछिल्लो समय बढी लेखिने र पढिएको बताइन् । उनले भनिन्, ‘यो कविता यत्तिकै सकिन्छ जस्तो लाग्दैन । यो कृति एतिहासिक आधारमा आफ्नो पूर्खा, आफ्नो समुदायमाथि भएको विभेदको एउटा विम्ब हो ।’

Advertisement

कृतिमाथि बोल्दै कवि केशव सिलवालले कृतिको पहिचानको आन्दोलनको निरन्तरता र विविधताले भरिएको किताब रहेको बताए । ‘यो कविता अरु समुदायले पढ्नुपर्छ र नयाँ समाजको सुरुवात गर्नुपर्छ साथै जयदेव मल्ल र जंगबहादुर राणाले मासिन्या र नमासिन्या भन्ने जुन जातिको वर्गीकरण गरेको छ । यसलाइ चिर्नपर्छ,’ उनले भने, ‘अब भुइँ कविता आन्दोलन सुरु गर्नुपर्छ ।’

अर्का कवि स्वप्निल स्मृतिले कवितामाथि टिप्पणी गर्नु गाह्रो कुरा रहेको बताउँदै भने, ‘कविले छोटो मीठो कथा पनि लेख्नुहुन्छ । सञ्जयजीलाई म विद्रोही, न्यायिक, सत्यधारी कवि भन्न रुचाउँछु । कवितामा विशिस्ट पक्ष भनेको मुन्धुम दर्शन, सभ्यता दर्शाएका छन् ।’ कार्यक्रमको सभापति संघका कार्यवाहक अध्यक्ष सन्नी लिम्बु र सञ्चालन सुनिल आङ्बोले गरेका थिए । कार्यक्रममा अमेरिकाबाट आएका कुकुर कविता आन्दोलनका अभियन्ता विवश बेनाम समेत उपस्थित रेहका थिए ।