May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इराकका राष्ट्रपतिसमक्ष राजदूत भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

इराकका राष्ट्रपतिसमक्ष राजदूत भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

कुवेत । इराकका लागि गैरआवासीय नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका राष्ट्रपति बर्हम सलीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। कुवेतका लागि नेपाली राजदूत रहेका भण्डारीको कार्यक्षेत्रभित्र इराक पनि पर्न हुनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

इराकको राजधानी बग्दादस्थित राष्ट्रपति भवनमा हालै आयोजित कार्यक्रममा राजदूत भण्डारीले ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत भण्डारीले राष्ट्रपति सलीसँग शिष्टाचार भेट पनि गरे।

Advertisement

त्यस अवसरमा उनले नेपाली जनताका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इराकी सरकार र जनताको सुख, शान्ति र समृद्धिको कामना गरिएको सन्देश सुनाए।

उनले नेपाल र इराकबीच हार्दिक र मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्य रहेको बताए। इराकी राष्ट्रपति सलीले इराक पनि नेपालसँग अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका विषयमा सहकार्य गर्न इच्छुक रहेको बताए।