May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङ लिम्बुवान प्रदेश समितिकाे दाेस्राे अधिवेशन फागुनमा

चुम्लुङ लिम्बुवान प्रदेश समितिकाे दाेस्राे अधिवेशन फागुनमा

झापा । किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिकाे दाेस्राे अधिवेशन फागुनमा हुने भएको छ । समितिको दोस्रो अधिबेशन आगामी फागुन ६ र ७ गते पान्थरको फेदेनमा हुने भएको हाे ।

चुम्लुङकाे संस्थागत लाेगाे ।

बिहीबार माघ १३ गते माेरङको उर्लाबारीस्थित चामाथुङ्मा होटलमा बसेको पूर्ण बैठकले अधिवेशन तोकेको समितिका मुख्य सचिव मधुराज केरुङले बताए । अधिवेशनमा अरुण-सप्तकोसीपूर्वका नाै जिल्लाबाट १ महिला र १ पुरुष प्रतिनिधिको रूपमा उपस्थित हुनेछन् । राष्ट्रिय चुम्लुङ सदस्य र सल्लाहकारहरु पनि स्वत: प्रतिनिधि हुनेछन् । अधिवेशनमा प्रदेश नम्बर एककी सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फेको प्रमुख अतिथिका रूपमा सहभागी हुने बैठकले निर्णय गरेकाे मुख्य सचिव केरुङले जनाए । कार्यक्रममा अन्य सामाजिक प्रतिष्ठित व्यक्तित्वहरूकाे पनि उपस्थिति रहनेछ । बैठक कियाचु लिम्बुवान प्रदेश समितिका अध्यक्ष ध्रुवकुमार मेन्याङ्वाेकाे अध्यक्षतामा सम्पन्न भएको थियोे ।

Advertisement

कियाचु लिम्बुवान प्रदेश समितिकाे पहिलो अधिवेशन २०७५ भदाै २८ गते धरानमा सम्पन्न भएको थियाे । लिम्बुवान प्रदेश समितिमा ताप्लेजुङ, पान्थर, इलाम, झापा, माेरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा जिल्लाहरू समावेश छन् । कियाचुकाे स्थापना २०४६ भदाै १७ गते भएको हाे । चुम्लुङलाई आदिवासी याक्थुङ लिम्बु जातिकाे प्रतिनिधिमूलक सङ्गठनका रूपमा लिइन्छ । चुम्लुङ नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन)काे घटक संस्था पनि हाे । चुम्लुङले २०६३ मा दमकमा भएको छैटौं राष्ट्रिय महाधिवेशनबाट स्वायत्त लिम्बुुवान प्रदेशकाे माग गर्दै आएको छ ।