April 27, 2024, Saturday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

काठमाडौं । कोरोना संक्रमण भएपछि उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसंगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैँयाको सहयोग प्रदान गरेको हो ।

आइतबार दिउंसो काठमाडौँस्थित महासंघको केन्द्रीय कार्यालयमै एक संक्षिप्त कार्यक्रमबीच सहयोग चेक वितरण गरिएको थियो । महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले स्वर्गीय पत्रकार विश्वकर्माका मामा चन्द्र विश्वकर्मालाई चेक हस्तान्तरण गरेका थिए । त्यस अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले स्वर्गीय पत्रकार विश्वकर्माको परिवारप्रति समवेदनास्वरूप महासंघले सहयोग प्रदान गरेको बताए । आर्थिक सहयोग संकलन गरी पठाउने महासंघ बेलायत शाखालाई उनले केन्द्रीय समितिको तर्फबाट धन्यवाद दिए ।

Advertisement

महासचिव रोशन पुरीले स्वर्गीय विश्वकर्माको परिवारलाई आउँदा दिनहरुमा पनि आवश्यक पर्ने थप सहयोगको लागि महासंघले पहल गर्ने आश्वासन दिए । महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले बेलायतमा संकलन गरी पठाइएको ५ लाख रुपैँयामध्येको बाँकी रकमबाट केन्द्रसँगको समन्वयमा अन्य पत्रकारहरुलाई पनि छिट्टै सहयोग बांडिने जानकारी गराए । कोभिड महामारीका बेला महासंघ केन्द्रीय समितिले स्थापना गरेको आपतकालिन कोषमा २३ लाख रूपैँया पठाएको बेलायत शाखाले केही महिनाअघि फेरि पाँच लाख रूपैयाको थप सहयोग जुटाएर पठाएको थियो ।