April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सार्वजनिक भएको केही घण्टाभित्रै ट्रेन्डिङमा पर्‍याे रुक्साना लिम्बुको गीत

सार्वजनिक भएको केही घण्टाभित्रै ट्रेन्डिङमा पर्‍याे रुक्साना लिम्बुको गीत

झापा । भ्वाइस अफ किड्स सिजन एककी फाइनलिस्ट रुक्साना लिम्बुकाृ नयाँ गीत ‘नोगेन’ सार्वजनिक भएको केही घण्टामै लोकप्रिय भएर ट्रेन्डिङमा पर्न सफल भएको छ । उनले प्रतिस्पर्धामा आफ्नो कोच रहेका चर्चित गायक प्रमोद खरेलसँग उक्त गीत संयुक्त रूपमा गाएकी हुन् ।

आइतबार प्रमोद खरेल युट्युब च्यानलबाट सार्वजनिक भएको गीत ‘नोगेन’ १२ घण्टाभित्र साढे तीन लाख बढीले हेरिसकेका छन् । गत माघ एक गते भएको भ्वाइस अफ किड्सको फाइनलमा उपाधि जित्न नसकेपनि नौ वर्षीया रुक्साना दर्शक श्रोतामाझ लोकप्रिय प्रतिस्पर्धामध्येकी एक थिइन् । प्रशंसकहरूको व्यापक अभियानका बावजुद उनले फाइनलमा उपाधि उठाउन सकिनन् । टाइटल आफ्नै टिमका जेनिस उप्रेतीले जितेका थिए । आफ्नो अभियानमा साथ दिने र हौसला दिने सबै प्रशंसकहरूलाई उनले यहीँ गीतमार्फत् धन्यवाद ज्ञापन गरेको गायक खरेलले बताए ।
महेश खड्काको शब्द रचना र संगीत रहेको गीतको एरेञ्ज, मिक्सिङ मास्टरिङ विशाल निरौला, रेकर्ड राजन राईले गरेका छन् । अलंकार स्टुडियोमा रेकर्ड गरिएको गीतलाई दीपा सिटौलाले निर्माण गरेकी हुन् । मिनाक्षी कोइरालाले निर्देशन गरेको भिडियोको क्यामेरामा अर्जुन तिवारी, सम्पादन र रंगमा मिलन विश्वकर्मा, श्रंगारमा अनिमेष, पोष्ट प्रोडक्सनमा ड्रागन पिक्चर्स, पहिरनमा कालो फलाम जडिबुटी रहेका छन् । रुक्सानाकी आमा रेखा लाओतीसहित गायक खरेल र गायिक रुक्सानालाई सवा पाँच मिनेट लामो म्युजिक भिडियोमा देख्न सकिनेछ ।

Advertisement