April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रुक्साना र मेचुकाे नयाँ गीत सार्वजनिक

रुक्साना र मेचुकाे नयाँ गीत सार्वजनिक

काठमाडौं । भ्वाइस अफ किड्सकी फाइलिस्ट रुक्साना लिम्बु र भ्वाइस अफ नेपालकै चर्चित प्रतिस्पर्धी गायिका मेचु धिमालकाे नयाँ गीत ‘उड्नु छ’ सार्वजनिक भएको छ ।

पछिल्लो समय एकपछि अर्को गीत रिलिज गरिरहेकी नाै वर्षीया गायिका रुक्सानाले भ्वाइस अफ नेपाल सिजन-२ की सेमिफाइनलिस्ट मेचुसँग आफ्नो क्यारियरकाे तेस्रो गीत सार्वजनिक गरेकी हुन् ।

Advertisement

शनिबार मेचु धिमालकाे युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई दुई दिनमै साढे चार लाखले हेेरिसकेका छन् । गायिका धिमालकै शब्द र सङ्गीत रहेकाे गीतमा दुवै जनाले स्वर दिएका छन् । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतकाे एरेञ्जरमा विषम आचार्य, क्यामेरा/सम्पादन/रङ्गमा इशाक जवेगू, श्रङ्गारमा सञ्जु थलङ, प्रकाशमा धीरेन र दीपक छन् ।

हालका व्यस्त र लाेकप्रिय म्युजिक भिडियो निर्देशक हाङ चेम्जोङले निर्देशन गरेको भिडियोकाे कथा, अवधारणा र नृत्य संयाेजन गायिका धिमालले स्वयंले गरेकी छिन् । गीतमा रत्न विककाे बाँसुरी वादन र सुरज तामाङकाे गितारमा काम देख्न सकिनेछ । गीतलाई बाहिर ल्याउन रुक्सानाकी आमा रेखा लाओेती, पूर्ण लाओती र असिम नेम्वाङले सहयोग गरेका छन् । गीतमा दुवै गायिकाहरूकाे जीवन्त अभिनय र सिग्नेचर स्टेप देख्न सकिन्छ ।

भ्वाइस अफ किड्सकाे चलिरहँदा रुक्सनालाई उपाधि जिताउन भन्दै गायिका मेचुले सक्रिय भएर अभियानमा साथ दिँदै आएकी थिइन् । फाइनलमा उपाधि नजिते पनि उनले रुकसानासँग मिलेर चाँडै गीत रेकर्ड गराउने याेजना बुनेकी थिइन् ।

पछिल्लो समय रुक्सानाकाे काेच एवम् गायक प्रमाेद खरेलसँग गाएको ‘नाेगेन’ गीत एक नम्बर ट्रेन्डिङमा छ । त्यस्तै, सुपरस्टार गायक राजेशपायल राईसँग ‘चाेरी भाे’ गीत सार्वजनिक भइसकेको छ । भ्वाइस अफ किड्सकै अर्का बलिया प्रतिस्पर्धी सुप्रिम मल्ल ठकुरीसँग पनि उनले ‘सम्झि राख है साथी’ गीत रेकर्ड गराइसकेका छन् । रुक्सानाका करिब डेढ दर्जन बढी गीतहरू रेकर्ड हुने तरखरमा छ ।

गीतकाे भिडियोकाे हेर्न तल थिच्नुहाेस् ।