April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
संविधानको मर्मअनुरूप निर्वाचनको मिति घोषणा भएको छ: काँग्रेस महामन्त्री गगन थापा

संविधानको मर्मअनुरूप निर्वाचनको मिति घोषणा भएको छ: काँग्रेस महामन्त्री गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह रिक्त हुन्छ कि, भन्ने आशंका हटेको बताएका छन् । वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयले आशंका हटेको सामाजिक सञ्जालमार्फत बताएका हुन् ।

थापाले संविधानको मर्मअनुरूप निर्वाचनको मिति घोषणा भएको बताएका छन् । थापाले मंगलबार बिहान सामाजिक संजालमा लेख्दै भनेका छन्, ‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्मअनुरूप छ । स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ । अनि निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएका छन् । सबैले सदैव हेक्का राख्नु पर्दछ– संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’

Advertisement

सरकारले आगामी वैशाख ३० गते एकै पटक गर्ने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा चुनाव गर्ने निर्णय गरेको हो ।

०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।