April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङ तेह्रथुम अध्यक्षमा सेसेहाङ चोङवाङ निर्वाचित

चुम्लुङ तेह्रथुम अध्यक्षमा सेसेहाङ चोङवाङ निर्वाचित

मयङ्लुङ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्लाको अध्यक्षमा सेसेहाङ हुक्पा चोङवाङ निर्वाचित भएका छन् । चुम्लुङको नवौँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

तेह्रथुमको मयङ्लुङ(म्याङलुङ)मा अयोजित अधिवेशनले हुक्पा चोङवाङको नेतृत्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा तुलसी तिगेला, सचिवमा राजकुमार तेयुङ, सहसचिवमा वलदेव तुम्बाहाङ्फे र कोषाध्यक्षमा कल्पना सम्बाहाङ्फे निर्वाचित भएका छन् । त्यस्तै, सदसयहरूमा दीपेन तुम्खेवा, आइतराज केरुङ, राजकुमारी लिम्बु, झमक बहादुर खापुङ, लोक बहादुर लिम्बु, अरुणा सिंगक, छत्र बहादुर पन्धाक र कुमार कन्दङ्वा छन् । अधिवेशनले राष्ट्रिय चुम्लुङ परिषद सदस्यहरूमा सुविन्द्र कुमार लिम्बु, प्रेम बहादुर हाङस्रोङ र गङ्गा पोमुलाई चयन गरेको छ ।

Advertisement

चुम्लुङ तेह्रथुम जिल्लाका नवनिर्वाति पदाधिकारी सदस्यसहित अतिथिहरु ।

कियाचुका केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा केन्द्रीय सचिव कमला फोम्वो, केन्द्रीय सदस्य वसन्त खापुङ, पूर्व केन्द्रीय सदस्य इन्द्र बहादुर तुम्बाहाङ्फे, कृष्णमान तुम्बाहाङ्फे लगायत चुम्लुङकर्मीहरूको उपस्थिति रहेको थियो ।