एमओयु गरे पछि मात्रै केन्द्रमा पैसा पठाइने छ: अध्यक्ष गाहा मगर
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले अन्तर्राष्ट्रिय समन्वयपरिषद (आइसीसी) संग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरे पछि मात्रै सदस्यता शुल्क केन्द्रमा पठाउने बताएका छन् ।
जीएनएन नेटवर्कद्वारा शनिबार आयोजित ‘फेसबुक लाइभ’ मा बोल्दै गाहा मगरले एनआरएनए युके बेलायतकोकानून अनुसार च्यारिटीको रुपमा दर्ता गरिएको बताए। “उहाँहरुले तर्साएर पैसा माग्ने काम गर्नु भएको छ। तरप्रक्रिया न पुराएर कुनै पनि लेभी रिलिज हुंदैन,” उनले भने ।
अध्यक्ष गाहा मगरले अध्यक्ष कुमार पन्तले आफुलाई लेखेको व्यक्तिगत इमेल ११,६६३ जना पन्जिक्रीतसदस्यलाई पठाएर आफ्नो अपमान गरेको बताए । “मेरो सोलिसिटरले ३ पेज लामो पत्र ड्राफ्ट गरेका छन्, मैलेआइसीओ (Information Commissioner’s Office) मा रिपोर्ट गर्दै छु । कामचलाउ अध्यक्ष पन्त रमहासचिव हेम राज शर्मा विरुद्ध हामीले मुद्दा दायर गर्ने छौं,” उनले भने ।
उनले म्याद सिद्धेको कार्य समितिलाई यस्तो व्यवहार नगर्न चेतावनी पनि दिए ।
अन्तरक्रियामा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, एनसीसी क्यानाडाका अध्यक्ष दिपक गौतम तथाएनसीसी जापानका अध्यक्ष राजन प्रधानांगले आफुहरुले प्रक्रिया पुरा गरेर मात्रै पैसा पठाउने र केन्द्रियसचिवालयको धम्कीबाट न तर्सने बताएका थिए ।
हेर्नोस् कार्यक्रमको भिडियो यो लिंकमा:
https://www.youtube.com/watch?v=27BOMgbz-PQ
सम्वन्धित समाचार



प्रतिकृया दिनुहोस्