April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङ ताप्लेजुङको अध्यक्षमा इन्दिरा

चुम्लुङ ताप्लेजुङको अध्यक्षमा इन्दिरा

फुङलिङ । आदिवासी याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक जातीय संस्था किरात याक्थुङ चुम्लुङकाे ताप्लेजुङ अध्यक्षमा इन्दिरा मेन्याङ्वाे निर्वाचित भएका छन् । चुम्लुङकाे नवाैँ जिल्ला अधिवेशनले मेन्याङ्वाेलाई अध्यक्षमा निर्वाचित गरेको हाे ।

सदरमुकाम फुङ्लिङमा सोमबार सम्पन्न जिल्ला अधिवेशनले मेन्याङ्बोको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिकाे उपाध्यक्षमा डम्बर पालुङ्वा, सचिवमा बमबहादुर वनेम (बीबीहाङ), सहसचिवमा कैलाश पालुङ्वा र कोषाध्यक्षमा नरेन्द्रकुमार लिम्बु माबो (गणेश) चयन भएका छन् । त्यस्तै सदस्यहरूमा रमला लिम्बु, शिवकुमारी केदेम, संगीता मादेन, पृथ्वीमान पालुङ्वा, समीर माबो, सुरेश फुरुम्बो, सरोज कङ्लिबा, ध्रुव मादेन, माला पालुङ्वा र रञ्जित माबो रहेका छन । अन्य सदस्यहरू पछि थप गरिनेछन् । कार्य समितिको कार्यकाल भने तीन वर्षको रहनेछ ।
कियाचुकी महासचिव निरन्ती तम्बापोकाे प्रमुख आतिथ्यमा भएको अधिवेशनमा राष्ट्रिय परिषद् सदस्य निर्मला लिम्बु र बालचन्द्र आङ्बुहाङ लगायतको पनि उपस्थिति रहेको थियोे । अधिवेशनकै दाैरान महासचिव तुम्बापाेले आगामी राष्ट्रिय महाधिवेशनमा आफू अध्यक्ष पदमा लड्ने घाेषणा गरिन् । उनले सहयोगका लागि सबैलाई अपिल पनि गरिन् ।

Advertisement

आगामी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गर्दै महासचिव तुम्बापाे ।

चुम्लुङकाे एघारौं राष्ट्रिय महाधिवेशन यहीँ फागुन २८, २९ र ३० मा पान्थरकाे फेदेनमा सम्पन्न हुँदैछ ।