April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ताप्लेजुङमा आगलागी,  एक वृद्धाको मृत्यु, एक घाइते

ताप्लेजुङमा आगलागी, एक वृद्धाको मृत्यु, एक घाइते

फुङलिङ । फुङलिङमा रहेकाे कोप्चे बजारमा लागेकाे आगलागीमा परि एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । आगलागीबाट दुई वटा घर जलेका छन् ।

आगलागीबाट घाइते भएकी मैवाखोला गाउँपालिका घर भइ रविन आङ्बुहानकाे घरमा डेरा गरी बस्ने ६७ वर्षीया वृद्धा जुलीमाया लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा ज्यान गएकाे हाे । घाइते १६ वर्षीया रविना लिम्बुकाे भने उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट स‌ङ्गीता मादेनको घर पूर्णरूपमा जलेको छ भने रविन आङ्बुहानकाे घरमा आंशिक क्षति पुगेको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएकाे प्रजिअ पोखरेलले बताउनु भयाे । कोप्चे बजारमा बिहान ८ बजेदेखि आगलागी भएकाे थियाे।