April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
किराया यूकेकाे १८ ओैँ स्थापना दिवस सम्पन्न

किराया यूकेकाे १८ ओैँ स्थापना दिवस सम्पन्न

लन्डन । संयुक्त अधिराज्यमा बसोबास गर्ने किरात राई जातिको साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायतको अठारौं स्थापना दिवस भब्यताका साथ सम्पन्न भएको छ । संस्थाको आफ्नै भूमि, किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा ९ अप्रिल २०२२ को दिन स्थापना दिवस आयोजना गरिएको थियो ।

संयुक्त अधिराज्यमा स्थायी तथा अस्थायीरुपमा बसोबास गर्ने नवागन्तुक अगुवा अभियन्ता किरात राईहरुले, आफ्नो समुदायकोतत्कालीन आवस्यकतामा आधारित उदेश्यहरु साथै दीर्घकालीन उद्देश्यहरु राख्दै किरात राई यायोक्खा बेलायतको खाका कोर्दै, आजभन्दा अठार वर्ष अघि अर्थात् १२ अप्रिल २००४ मा संस्थाको स्थापना गरेका थिए । संयुक्त अधिराज्यको लागि नवागन्तुक किरात राईहरु, बसाई सराईको संक्रमणकालीन अवस्था र ब्यस्तताका कारण संस्थाको स्थापना दिवस मनाउन नसकिरहेको र यस अठारौं स्थापना दिवस, संस्था स्थापना दिवस आयोजनाको हिसावले ऐतिहासिक र पहिलो स्थापना दिवस भएको अध्यक्ष चन्द्र बहादुर राईको भनाइ छ ।

Advertisement

अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता आयोजित अठारौं स्थापना दिवस–२०२२ को प्रमुख अतिथि नाक्छुङ पूर्खाकिताबसेर राई रहेका थिए भने विशेष अतिथिहरुमा क्रमश: किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका उप–महासचिव शुभचन्द्र राई र किरात राई विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष रामचन्द्र राई थिए ।

यसैगरी अतिथिहरुमा, किरात राई तायामा खियामा महिला समिति बेलायतका अध्यक्ष रोजी राई, किरात राई यायोक्खा बेलायतको स्थानीय समन्वय परिषद ग्रेटर रस्मोरका अध्यक्ष ध्रुवसरी राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेको निवर्तमान अध्यक्ष प्रमिला लाबुङ राई, गैर आवासीय नेपाली संघ युकेका पूर्व उपाध्यक्ष हिराधन राई, किरात राई चाम्लिङ खाम्बातिमका संस्थापक अध्यक्ष तथा किराया बेलायतको सल्लाहकार जगत बहादुर राई,बार्ड अफ डाईरेक्टर मेजर रिटायर्ड ईन्द्र राई रहनु भएको थियो भने संस्थाको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार रामधन राई र संस्थाको पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार पदम राई विइएमको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

उपाध्यक्ष रिटायर्ड क्याप्टेन सुमनचन्द्र राईले कार्यक्रममा उपस्थित सबैलाई स्वास्थ्य र शुरक्षाबारे ब्रीफिङ गरेका थिए । अठारौं स्थापना दिवस–२०२२ कार्यक्रमको संयोजक उपाध्यक्ष अनिता चाम्लिङ राईले स्वागत मन्तब्य सहित अठारौं स्थापना दिवस आयोजनाको औचित्य प्रकाश पारेका थिए । अध्यक्ष चन्द्रबहादुर राईले संस्थाको संक्षिप्त इतिहास प्रस्तुत गरेका थिए भने अगुवा अभियन्ता, संस्थापक साथै संस्थाका पूर्व अध्यक्ष रामधन राईले संस्था स्थापनाको इतिहासलाई अझ प्रस्ट्याउँदै आफ्नो अनुभव शेयर गरेका गरेका थिए । संस्था विकासको खास चरणमा नेतृत्व गर्नु भएका संस्थाको पूर्वअध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार पदम राई विइएमले संस्थापकहरुको योगदानको कदर गर्दै, आफ्नो कार्यकालमा संस्थाले गरेको विकासको साक्षी बस्न पाएकोमा खुशी ब्यक्त गर्दै, संस्थाको भविस्य प्रति चासो र चिन्ता ब्यक्त गर्दै, संस्था तथा समुदायको भलाईको लागि आफ्नो साथ रहिरहने विचार ब्यक्त गरे ।

किरात राई यायोक्खा बेलायतको अगुवा अभियन्ता तथा संस्थापकहरुलाई, अठारौं स्थापना दिवस–२०२२ कार्यक्रम आयोजनाको अवसरमा फेटा गुथाउँदै सम्मान गर्नुका साथै सम्मान–पत्र प्रदान गरिएको थियो । अठारौं स्थापना दिवसको अवसरमा सम्मानित हुनुहुने संस्थाका अगुवा अभियन्ता तथा संस्थापकहरुमा भिमबहादुर राई, रामधन राई, डम्बर राई, नेपालधन राई, गजेन्द्रकुमार राई, हिराधन राई र चन्द्रबहादुर राई रहेका थिए ।

संस्थाको अठारौं स्थापना दिवस–२०२२ कार्यक्रम आयोजनाको संचालन संस्थाका उपमहासचिव द्वय बिनोद पुमा राई र प्रमिला लाबुङ राई साथै महासचिव चन्द्रवती राईले संचालन गरेका थिए भने आमन्त्रित अतिथिहरुको स्वागत सत्कार उपाध्यक्षहरु क्रमश : मेजर रिटायर्ड दिलकुमार राई र निलम राईले गरेका थिए ।