कुवेतमा यदु गुरुङ्गको उपचारको क्रममा निधन
कुवेत । कलेजो क्यान्सरको उपचाररत गुरुङ्गलाई पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर जाहारा स्थित जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाइ लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो। गरामणी-९ झापा घर भएका गुरुङ कुवेतमा घरेलु कामदारको रुपमा आए पनि आफ्नो स्पोन्सरबाट रिलिज लिएर लेडिज शैलुनमा काम गरिरहेकी थिइन। उनको अमिरी हस्पिटलमा उपचारकै क्रममा निधन भएको जनाएको छ।
निधन भएका गुरुङलाइ नेपाली दूतावासका द्वितीय सचिव रेवान्त केसिले केही दिन अघि मात्र भेटी उनको अवस्था बुझी दूतावासबाट गर्नुपर्ने सहयोग गर्ने र छिट्टै उपचार पछि नेपाल फर्किन पाउने हौसला दिनुभएको थियो। नेपाली दूतावासले विभिन्न स्वास्थ्य समस्यामा परि उपचार गराइरहेका विभिन्न हस्पिटलहरुमा रहेका विरामिहरुलाइ भेटी आत्माबल प्रदान गरिरहेका छन् ।



प्रतिकृया दिनुहोस्