May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रहनेन् डा. चैतन्य सुब्बा

रहनेन् डा. चैतन्य सुब्बा

काठमाडौं । राष्ट्रिय याेजना आयाेगका पूर्व सदस्य डा. चैतन्य सुब्बा(मेन्याङ्वाे)काे निधन भएको छ । केही दिनअघि मुटुकाे शल्यक्रिया गरेका सुब्बाकाे मङ्गलबार ७५ वर्षको उमेरमा निधन भएको हाे ।

ताप्लेजुङकाे याङ्वरक थुममा पर्ने थेचम्बु पुर्ख्याैली घर भएका डा. सुब्बाकाे मुटुको शल्यक्रिया भएको थियाे । उनकाे उपचारका क्रममा मनमाेहन कार्डियाेथाेरासिक भ्यासकुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मङ्गलबार राति निधन भएको अस्पताल स्राेतले जनाएको छ । उनकी श्रीमती, दुई छाेरा र एक छाेरी रहेका छन् । उनकाे बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय भएको छ ।

Advertisement

पञ्चायतकालमा सुब्बा केन्द्रीय निर्वाचनमा समेत उठेका थिए । मुन्धुमका व्याख्याता, याक्थुङ सँस्कृति र इतिहासका विज्ञ, याक्थुङ मुन्धुममा आधारित चाे?लुङ दर्शनका प्रस्तावक रहेका सुब्बा लेखनमा पनि सक्रिय थिए । उहाँकाे हिष्ट्री, कल्चर एन्ड रिलिजन अफ लिम्बु पिपल चर्चित पुस्तक हाे । त्यसबाहेक, उनले सँस्कृति, समाज, दर्शनमा थप पुस्तक समेत लेखेका छन् । समाजशास्त्री समेत रहेका सुब्बा संविधानसभा विघटनपछिआदिवासी जनजाति अगुवाहरूकाे पहलमा निर्मित सामाजिक लाेकतान्त्रिक पार्टीका अध्यक्ष मण्डल सदस्य हुँदै डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका थिए । उनलाई आदिवासी आन्दोलनमा ‘थिङ्क ट्याङ्क’का रूपमा समेत लिइन्थ्याे ।