July 2, 2022, Saturday
२०७९ असार १८, शनिबार
यायाेक्खा नेपाल अध्यक्ष दिवस राईविरुद्ध बेलायतमा धर्ना तथा नाराबाजी

यायाेक्खा नेपाल अध्यक्ष दिवस राईविरुद्ध बेलायतमा धर्ना तथा नाराबाजी

बेलायत । किरात राई यायोक्खा नेपालका केन्द्रीय अध्यक्ष दिवस राईलाई किरात राई यायोक्खा बेलायतले ग्याम्बललेन स्थित किरात हाउसमा प्रवेश गर्न पूर्ण रुपमा रोक लगाएको छ् ।

मे १६ मा विवादित सामूहिक चुलाको उद्घघाटन गर्न भनेर ग्याम्बललेन प्रवेश गर्न लागेको राईलाई किरात राई यायोक्खा बेलायतले बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म दिनभर धर्ना तथा नाराबाजीसहित विरोध गरेर राईलाई रोकेको किरात राई यायोक्खा बेलायतका अध्यक्ष चन्द्र बहादुर राईले बताए ।किरात राई यायोक्खा बेलायतमा सामूहिक चुला विवादकै कारण समुदाय विभाजित रहेको छ । विभाजित समुदाय र संस्थालाई मिलाउन भूमिका गर्नुपर्ने व्यक्ति नै यसरी एकपक्षीय ढंगले आधिकारिक र अनाधिकारिक्ताको हवाला दिँदै बेलायत भ्रमणमा रहेको राईलाई खबरदारीस्वरुप विरोध गरिएको किरात राई यायोक्खा बेलायतको महासचिव चन्द्रवती राईले बताइन् ।

Advertisement

आफूहरू सधै एकताको पक्षमा रहेको र बेलायतमा मिलेर बसेको मैतृपुर्ण समुदायको विभाजन गर्न किरात राई यायोक्खा नेपालको अध्यक्ष दिवस राईको प्रमुख भूमिका रहेको उपाध्यक्ष तथा भाषिक संघीय संरचना संयोजक क्याप्टेन सुमनचन्द्र राईले बताए ।

मेलमिलापको वातवरण सृजना भैरहेकै बखत योजनाबद्ध रुपमा मेलमिलापको वातावरण भंग गर्ने गरी चुलाकै विषय लिएर दिवस राईको बेलायत प्रवेश ठीक नभएको र यस्ता खाले गतिविधि तुरुन्त रोकी मेलमिलापको लागि प्रयत्न गर्न अर्का उपाध्यक्ष तथा वार्ता समितिको संयोजक मेजर दिल राईले अपिल गरे । अध्यक्ष चन्द्र बहादुर राईले अहिलेको विरोध शान्तिपूर्ण तथा संयमपूर्ण भएको बताउँदै दिवस राईले यो खाले समुदाय भाड्ने गतिबिधि नरोके थप योजनाद्ध र सशक्त प्रतिकार गर्ने समेत चेतवानी दिए । ‘हामी मिल्न चाहन्छौँ । मिलेर बस्न चाहन्छौँ तर यो खाले प्रतिकूल बाह्र्य हस्तक्षेप सहेर बस्न सक्दैनौं,’ उपमहासचिव प्रमिला राईले बताइन् ।
हाल किरात राई यायोक्खा बेलायत लगायत किरात राई यायोक्खा अ्मेरिका, हङ्कङ, युएई र किरात राई विधार्थी संघ नेपाल समेत दिवस राईकै कारण विभाजित रहेको जानकारहरु बताउँछन् ।