April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वर्ल्ड फाेरममा सहभागी हुन शिक्षामन्त्री पाैडेल बेलायतमा

वर्ल्ड फाेरममा सहभागी हुन शिक्षामन्त्री पाैडेल बेलायतमा

लन्डन । नेपाल सरकारका शिक्षामन्त्री देवेन्द्र पाैडेल बेलायतकाे लन्डनमा आइपुगेका छन् । शैक्षिक विश्व मञ्चमा सहभागी हुन मन्त्री पाैडेल शनिबार राति लन्डन उत्रिएका हुन् ।

फाेरमा सहभागी विभिन्न मुलुकका शिक्षामन्त्री र शिक्षाविदहरू । तस्वीर स्राेत : फाेरम

मे २२ आइतबारदेखि सुरु विश्वका करिब १०० मुलुकका शिक्षामन्त्रीहरू, गैससंका पदाधिकारीहरू र शिक्षाविद्हरू सहभागी हुने लन्डनस् एजुकेसन वर्ल्ड फाेरम(ईडब्लुफ) चार दिनको हुनेछ । सम्मेलनमा सीमित स्राेतका बावजुद कसरी शिक्षाकाे पहुँचमा सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।

Advertisement

हिथ्राे विमानस्थलमा शिक्षामन्त्री पाैडेललाई स्वागत गर्दै दूतावासकी प्रवक्ता खनाल र मञ्चका पदाधिकारीहरू ।

मन्त्री पाैडेललाई हिथ्राे अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासका प्रवक्ता राेशन खनालले स्वागत गरेकी थिइन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका पाैडेललाई पार्टीकाे प्रवास सङ्गठन नेपाली जनप्रगतिशील मञ्च यूकेका पदाधिकारीहरूले पनि स्वागत गरेको महासचिव विमला लिम्बुले जनाइन् ।