April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली राष्ट्रिय फुटबल टाेली कतारमा

नेपाली राष्ट्रिय फुटबल टाेली कतारमा

शारदा भुजेल, दोहा । एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार आउदै छ ।

एन्फाका अनुसार नेपाली फुटबल टोली थप अभ्यास तथा बन्द प्रशिक्षणका लागि कतार आउन लागेको हो ।

Advertisement

नेपाली टोलीले यहाँ मैत्रीपूर्ण खेल खेल्ने सम्भावना पनि छ । यसअघि कतारमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भनिए तापनि अन्तिम समयमा आएर सो मैत्रीपूर्ण खेलहरु स्थगित भएको थियो ।

यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसहित जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ । नेपालले ८ जुनका दिन जोर्डनसँग खेल्नेछ भने ११ जुनका लागि कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।