May 28, 2026, Thursday
२०८३ जेष्ठ १४, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कतारमा प्लास्टिकको झाेला प्रयाेगमा राेक

कतारमा प्लास्टिकको झाेला प्रयाेगमा राेक

शारदा भुजेल, दाेहा । कतारमा प्लास्टिकको झोलाको प्रयोगमा रोक लगाइएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कतारमा प्लास्टिकको झोला निषेध गर्ने नगरपालिका मन्त्रालयले तयार पारेको मस्यौदालाई पास गरेको हो।

Advertisement

वातारणीय प्रदूषण कम गर्न कतारले प्लास्टिक झोलाको प्रयोगमा बन्देज लगाउने निर्णय गरेको हो।

वातावरण संरक्षण र फोहोर पुन : प्रयोगमा अधिकतम लगानी गर्ने रणनीतिक उद्देश्यअनुरुप सो मस्यौदा तयार गरिएको थियो।