March 22, 2024, Friday
२०८० चैत्र ९, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गाेरखा कपको तयारी पूरा, १२ हजार बढी दर्शक आउने अपेक्षा

गाेरखा कपको तयारी पूरा, १२ हजार बढी दर्शक आउने अपेक्षा

अल्डरसट । बेलायतको सबैभन्दा ठूलो नेपाली खेलकुद स्पर्धा मानिने गाेरखा कपकाे तयारी पूरा भएको छ । २० ओैँ वर्षगाँठकाे अवसर पारेर यहीँ आउँदाे जून ४ मा कप सञ्चालन  हुँदैछ ।

सर्रेस्थित आफ्नै भवनमा आयाेजित पत्रकार सम्मेलनमा आयाेजक तमु धीँ यूकेले अल्डरसटकाे क्वीनस एभिन्यू खेल मैदानमा हुने प्रतियोगितामा १२ हजार बढी दर्शकहरू आउने अपेक्षा गरेको बताएको छ । प्रतियोगितामा १६ देखि ३९ वर्षसम्मका खेलाडीहरू र कूल ३२ टिमहरू प्रतिस्पर्धामा उत्रने खेलकुद सचिव क्याप्टेन देव घलेले बताए । प्रतियाेगितामा पहिलोपटक महिलाहरूकाे छुट्टै स्पर्धा हुनेछ । सहभागी टिमहरू बेलायतकाे लन्डन, क्याट्रिक, अक्सफोर्ड, काेल्चेस्टर, याेर्क, वेल्स र नेदरल्यान्डबाट आउनेछन् ।

Advertisement

पत्रकार सम्मेलनमा बाेल्दै तमु धीँ यूकेका खेलकुद संयाेजक देव घले(दायाँ) । साथमा अध्यक्ष हितकाजी गुरुङ(बीचु) ।

१६-३२ उमेर समूहको विजेता टिमले ट्रफी, मेडलसहित नगद २५०० पाउन्ड र उपविजेता टिमले १५०० पाउन्ड पाउनेछन् । ३२ भन्दा माथिको भेट्रान उमेर समूहका विजेताले ट्रफी, मेडलसहित १५०० पाउन्ड र उपविजेताले ८०० पाउन्ड हासिल गर्नेछन् । प्रत्येक समूहबाट उत्कृष्ट खेलाडी, सर्वाधिक गाेलकर्ता र प्रशिक्षक समेत पुरस्कृत हुनेछन् । कपकाे मुख्य आकर्षणमा इङ्ग्ल्याण्डमा व्यावसायिक खेल खेलिरहेका सुस्मिता आले रहने आयाेजकले जनाएको छ । त्यस्तै, गायिका  एलिना गुरुङ पनि सहभागी हुँदैछिन् ।

तमु धीँ यूकेका अध्यक्ष हितकाजी गुरुङले बेलायतमा रहेका सबैलाई प्रतियोगिता अवलोकन गरेर मनाेरञ्जन लिन आग्रह गरे । उनले प्रतियाेगितामा कुल ४० हजार पाउन्ड खर्च हुने बताए । त्यस्तै, तमु पहिरन, खाद्य, नेपाली कला र सँस्कृति, स्वास्थ्य शिविर, च्यारिटीका गरेर ५२ स्टलहरू प्रदर्शनीमा राखिनेछन् । ६० सुरक्षाकर्मी, प्रहरी टाेली, एम्बुलेन्स आदिकाे पनि व्यवस्था रहेको अध्यक्ष गुरुङले जनाए ।