April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मिरुना-लामा घटनाप्रति बेलायतका आदिवासी जनजाति सङ्गठनहरूकाे ध्यानाकर्षण

मिरुना-लामा घटनाप्रति बेलायतका आदिवासी जनजाति सङ्गठनहरूकाे ध्यानाकर्षण

लन्डन । कबड्डी – ४ की नायिका मिरुना मगर र लामा भिक्षु फुर्वा तामाङबीच भएको घटनालाई लिएर भइरहेको विवादबारे अन्ततः बेलायतकाे आदिवासी जनजाति सङ्गठनहरू बाेलेका छन् । ती सङ्गठनहरूले घटनालाई ‘अन्यत्रै’ माेड्न खाेजेकाे भन्दै संयमित रहन आग्रहका साथ ध्यानाकर्षण भएको जनाएका छन् ।

कबडडी-४ की नायिका मिरुना मगर ।

शुक्रबार साँझ एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै गत जेठ १५ गते काठमाडौंकाे क्युएफएक्स सिनेमा हल अगाडि भएको घटनाप्रति खेद प्रकट गरेको छ । नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) यूके, नेपाल आदिवासी जनजाति महिला महासङ्घ यूके र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फाेनिज) यूकेले संयुक्त रूपमा धारणा राख्दै घटना अकल्पनीय भएको तर पहिचान, धर्म, जातीयतासँग जाेडिनु दु:खद भएको जनाएका छन् ।

Advertisement

विज्ञप्तिमा नेेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, महासचिव विमला सेने, महिला महासङ्घ अध्यक्ष शान्ताकला राई र फाेनिज यूके अध्यक्ष गाेमा राना मगरले हस्ताक्षर गरेका छन् । ‘हाम्रो याे प्रवृत्ति र प्रतिशाेधले आदिवासी जनजाति समाजमा परेको नराम्रो असर र भाइचारामा देखिएको फुटकाे कारणले हाम्रो ध्यानाकर्षण गरेको छ,’ संयुक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ।

महासङ्घहरूले निकालेको संयुक्त ध्यानाकर्षण पत्र ।

उनीहरूले नेपाल मगर सङ्घ र नेपाल तामाङ घेदुङहरूका केन्द्रीय समितिलाई उल्लेख गर्दै मिलिसकेकाे विषयमा पुनः समस्यामा नजाेडिन र आगामी दिनमा सबैलाई सचेत हुन आग्रह गरेका छन् । त्यस्तै, धर्म, पहिचान, जातीयता र अस्तित्वमा ठेस लाग्ने क्रियाकलापहरू बन्द गर्न सम्बन्धित पक्षहरूसमक्ष माग गरेका छन् ।

धरान घर भई बेलायतमा सपरिवार बस्दै आएकी नायिका मिरुना मगर पछिल्लो समय लामासँगकाे विवादका कारण चर्चामा छिन् । कबड्डी ४ काे प्रदर्शनका क्रममा हलबाहिर दर्शकहरूकाे भीडमा नायिका मगरले शारीरिक दुर्व्यवहार महसुस गरी भिक्षु लामालाई थप्पड हानेकी थिइन् । त्यसकाे केही समयपछि लामा समर्थकहरूले विराेध गर्दै फिल्म प्रदर्शनीमा राेक लगाउन खाेजेका थिए । दुई दिनपछि भने फिल्मका प्रतिनिधिहरू, जातीय सङ्गठनका अगुवाहरू र लामा पक्षका प्रतिनिधिहरूबीच माफी लिने दिने भएपछि साम्य भएको थियाे । यद्यपि, सामाजिक सञ्जालमा पुनः लामा ‘निर्दाेष’ र फसाइएकाे भन्दै समर्थकहरू तातिएपछि प्रकरण फेरि सतहमा आएको थियो ।