April 11, 2026, Saturday
२०८२ चैत्र २८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आठ महिनामा हाम्रो पार्टी देशभर पुग्याे – नेता खनाल

आठ महिनामा हाम्रो पार्टी देशभर पुग्याे – नेता खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आठ महिनाभित्रै आफूहरुको पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताएका छन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नंवर १५ का समाजवादी उमेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले बिद्रोहबाट गठन गरेको पार्टीले आगामी दिनमा जनतालाई भरोषा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउँदै लैजानुपर्ने धारणा राखे ।

Advertisement

निर्वाचनमा गठबन्धनले ठीक ढंगले मुल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको भन्दै नेता खनालले काठमाण्डौ १५जस्तै एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजयी हासिल गरेको दाबी गरे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जनप्रतिनिधिले जनताको भावना अनुसार घोषणापत्रमा उल्लेख विषयलाई कार्यान्वयन गराउन ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए ।