April 17, 2024, Wednesday
२०८१ बैशाख ५, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गाेरखा वकमा हजार बढीको सहभागिता  

गाेरखा वकमा हजार बढीको सहभागिता 

आसफाेर्ड(केन्ट) । गाेरखा पिस फाउन्डेसनले वर्षेनी आयाेजना गर्ने गाेरखा वकमा यस वर्ष पनि उल्लेख्य सहभागिता भएको छ । १३ जना भिक्टोरिया क्रस(भीसी) पदक विजेता गाेरखा सैनिकहरूकाे सम्झनामा स्वास्थ्यबारे जनचेतना फैलाउँदै भीसीहरूकाे सम्मानमा आइतबार २६ जूनमा गाेरखा वक् सम्पन्न भएको छ ।

केन्टकाे आसफाेर्डस्थित ग्रेट चार्टकाे खेल मैदानमा बिहान ११ बजेबाट दाैड सुरु भएको फाउन्डेसनका अध्यक्ष भीम तुम्बाहाङ्फेले बताए । फाउन्डेसनले वार्षिक रूपमा च्यारिटीका लागि गाेरखा दाैड आयाेजना गरे पनि काेराेना महामारीका कारण तीन वर्षपछि कार्यक्रम भएको थियोे ।

Advertisement

कार्यक्रममा उपस्थित हुँदै कन्जर्भेटिभ नेता, पूर्वमन्त्री एवम् सांसद डेमियन ग्रीन(बायाँबाट दाेस्राे) । तस्वीर : स्टेन्ली काय ।

कन्जर्भेटिभ पार्टीका प्रभावशाली नेता, हाउस अफ पार्लियामेन्टका सांसद एवम् पूर्व गृहमन्त्री डेमियन ग्रीनकाे मुख्य आतिथ्यमा भएको दाैडमा हजार बढीले सहभागिता जनाएका थिए । ग्रीनले इभेन्टले ब्रिटेन गाेरखा नेपाली समुदायको सम्बन्धलाई मजबुत बनाउन सहयोग पुगिरहेकाे विश्वास व्यक्त गरे ।

‘समुदायलाई जनस्वास्थ्यबारे चेतना जगाउन, स्थानीय समुदायसँग घुलमिल गराउन र कल्याणकारी कामका लागि सहयोग सङ्कलन गर्न गाेरखा वक् आयाेजना गर्न लागेका हाैँ,’ अध्यक्ष तुम्बाहाङ्फेले भने ।

अनलाइन र भाैतिक दुवै रूपमा नाम दर्ता गरेका सहभागीहरू बिहानै नाै बजे स्थलमा जम्मा भएका थिए । दाैडकाे दूरी जम्मा १३ किलोमिटर रहेको थियाे । असहाय, ज्येष्ठ नागरिक र पूरा काेर्स पूरा गर्न नसक्नेहरूका लागि साढे ६ किलोमिटरकाे वैकल्पिक रुट पनि राखिएको थियोे ।

दाैडका दुवै समूहका विजेताहरूसँग फाउन्डेसनका पदाधिकारीहरू । तस्वीर : स्टेन्ली काय ।

विजेताहरूमध्ये महिलातर्फ मेरी राई(५३५) पहिलो, राेसा लिम्बु(६४५) दाेस्राे र निशा गुरुङ(२६६) तेस्रो भए । त्यस्तै, पुरुष तर्फकाे समूहमा १ जीआरका मनिष तामाङ(५१२) पहिलो, युमन्दा राई(१७३) दाेस्राे र कप्तान काजीमान लिम्बु(६३७) तेस्रो भएका थिए । उनीहरूलाई साेलिसिटर पिटर क्याराेलले ट्रफी र मेडल वितरण गरेका थिए । दा‌ैड पूरा गर्ने सबैले प्राेत्साहनस्वरूप गाेरखा सैनिक र ह्याटअङ्कित मेडल प्राप्त गरेका थिए । दाैडमा ८७ वर्षकाे ज्येष्ठ नागरिकदेखि पाँच वर्षकाे बादबालिकासम्म सहभागी थिए ।गाेरखा वक् एक दशकदेखि नियमित रूपमा आयाेजना हुँदै आएको छ ।

दाैडमा देखिएको उत्साहजनक भीड । तस्वीर : स्टेन्ली काय ।

१२ वर्षअघि स्थापना भएको फाउन्डेसनले नेपालमा विद्यालय निर्माण गर्ने, गरिब निमुखाहरूका लागि आवास बनाइदिने, प्राविधिक सामग्रीहरू उपलब्ध गराउने लगायतका कामहरू पनि गर्दै आइरहेको छ । महाभूकम्प, बाढी पहिराे लगायतका प्राकृतिक प्रकाेपकाे काेपभाजनमा परेकाहरूका लागि हाेस् या दीर्घराेगले ग्रस्त राेगीहरूकाे उपचारका लागि हाेस् । फाउन्डेसनले सकेसम्म लाेककल्याणकारी कामहरूलाई बढावा दिइरहेको छ । सन् २००९ मा गाेरखा सैनिक र आश्रित परिवारहरूले बेलायतमा बसाेबासका लागि आवासीय भिषा प्राप्त गरेपछि फाउन्डेसनकाे आवश्यकता महसुस गरिएकाे थियो । खासगरी, दुई फरक पृष्ठभूमिका नागरिकहरूकाे सामाजिक अन्तर्घुलनका संस्था स्थापना भएको थियोे ।

तस्वीरहरू : स्टेन्ली काय मिहाङ