April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मगर संघ यूकेबाट नायिकाहरू सम्मानित

मगर संघ यूकेबाट नायिकाहरू सम्मानित

लन्डन । मगर संघ यूकेले आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै नायिकाहरु दिया पुन र मिरुना मगरलाई सम्मान गरेको छ । संघले पहिलो त्रैमासिक बैठकको अवसर पारेर उनीहरुलाई सम्मान गरेको हो ।

नायिका दीया पुनसँग मगर सङ्घ यूके अध्यक्ष सीता पुन ।

आइतबार आफ्नै भवनमा सम्पन्न बैठकमा नायिका पुनलाई हालै विश्वको सर्वोच्च शिखर सगरमाथ आरोहण गरेकोमा र मगरलाई उनी अभिनीत चलचित्र ‘कबड्डी ४’ ले कोभिड महामारीपछि तङ्ग्रिँदै गरेको नेपाली चलचित्र उद्योगमा सफलतापूर्वक ५१ दिन मनाउन सफल भएकोमा सम्मान गरिएको अध्यक्ष सीता पुनले जानकारी दिइन् । नायिका मगरले हालै ब्रुनेल विश्वविद्यालयबाट स्वर्ण पदक समेत पाएकी छिन् । सोही अवसरमा नेपालबाट कार्यक्रमको सिलसिलामा बेलायतमा आइपुगेकी गायिका गीता पाइजालाई पनि स्वागत गरिएको थियो ।

Advertisement

नायिका मिरुना मगरसँग अध्यक्ष पुन ।

कार्यक्रममा मगर संघ यूकेका संस्थापक अध्यक्ष थर्क राना, पूर्व अध्यक्ष रिटार्यड मेजर कुलबहादुर थापा, संरक्षकहरु, शाखाका अध्यक्षहरु, सल्लाहकारहरु तथा कार्य समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष सीता पुनको अध्यक्षता तथा महासचिव गुमानसिंह थापा मगरको सञ्चालनमा भएको बैठकमा संघले मे २९ मा आयोजना गरेको नेपाली ओपन कन्सर्टको समीक्षा गर्नुका साथै आय व्यय विवरण पेश गरेको थियो । संघका कोषाध्यक्ष मोहन थापाले ओपन कन्सर्टबाट ३२ हजार पाउण्ड नाफा आर्जन गरिएको जानकारी दिए । बैठकमा महासचिव गुमानसिंह थापाले संघको सांगठानिक प्रतिवेदन पेश गरेका थिए भए हाउजिङ हेर्ने सहकोषाध्यक्ष थाम रोकाले आर्थिक जानकारी गराएका थिए । बैठकले आगामी एक वर्षको कार्यक्रमहरुको तिथि तय गरेको छ । जसअनुसार अर्को वर्षको ओपन कन्सर्ट मे १३ मा हुनेछ । बैठकमा नवनियुक्त सल्लाहकारहरुलाई पनि स्वागत गरिएको थियो ।