April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चीन–अमेरिका सम्बन्ध तनावपूर्ण, विज्ञले दिए यस्तो चेतावनी

चीन–अमेरिका सम्बन्ध तनावपूर्ण, विज्ञले दिए यस्तो चेतावनी

एजेन्सी – बेइजिङ र वाशिंगटनबीच सम्बन्ध बिग्रिएपछि संयुक्त राज्य अमेरिकाले चीनको चेङ्दूमा रहेको वाणिज्य दूतावास सोमबार बिहान औपचारिक रूपमा बन्द गरेको छ ।

सोमबार बिहानै उक्त भवनमा रहेको अमेरिकी झण्डा तल झारिएको छ । चिनियाँ सञ्चार माध्यमकाअनुसार दूतावास बन्द भएपछि त्यहाँ रहेका कर्मचारीहरुलाई हटाइएको छ ।

Advertisement

चीनले अमेरिकाको टेक्सासको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई अमेरिकी–चिनियाँ जासूस अभियानमा संलग्न भएको दाबी गर्दै कारवाही रोक्न निर्देशन दिएपछि अमेरिकी दूतावासलाई शुक्रबार बन्द गर्न आदेश दिएको थियो ।

गत हप्ता ह्युस्टनमा अमेरिकाले चिनियाँ दूतावास बन्द गरेको ७२ घण्टाभित्र चेङ्दू मिशन बन्द गर्न समयसीमा दिएको थियो ।

चीनको ७२ घण्टे अल्टिमेटम सकिएपछि चिनियाँ विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै चेङ्दू वाणिज्य दूतावास बिहान १० बजे बन्द भएको औपचारिक घोषणा गरेको हो । १० बजे चिनियाँ अधिकारीहरू मुख्य प्रवेशद्वारबाट भित्र पसेका थिए ।

सोमबार बिहान सयौं चिनियाँ नागरिक अमेरिकी दूतावास बाहिर जम्मा भएका थिए ।