May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विश्वभर कोरोना अपडेटः सात लाख १८ हजार ७७ को मृत्यु

विश्वभर कोरोना अपडेटः सात लाख १८ हजार ७७ को मृत्यु

जेनेभा – विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरिमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

Advertisement

सङ्क्रमितमध्ये हालसम्म एक करोड २३ लाख ७५ हजार ३७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६१ लाख ८५ हजार ६८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।