May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य स्थिति गम्भिर

भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य स्थिति गम्भिर


एजेन्सी । कोरोना संक्रमणपछि अस्पताल भर्ना गरिएका भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक अवस्थामा पुगेको छ । दिल्लीको एक सैन्य अस्पतालमा भर्ना गरिएका मुखर्जीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

सेनाको आरआर अस्पतालले उनलाई अगस्ट १० मा भर्ना गरिएलगत्तै ज्यान बचाउनका लागि मस्तिष्कको आपतकालिन अप्रेशन गरेको समाचार एजेन्सी एनएनआईलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अस्पतालका अनुसार अप्रेशनपछि उनको स्वास्थ्यस्थिति थप चिन्ताजनक बनेको छ । मुखर्जी अहिले भेन्टिलेटरेको सपोर्टमा रहेका छन् । पूर्वराष्ट्रपति मुखर्जीले सोमबार आफैंले ट्वीट गरेर कोरोना संक्रमित भएको जानकारी दिएका थिए । 

Advertisement