May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फिलिपिन्सका राष्ट्रपति रूसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन लगाउन तयार

फिलिपिन्सका राष्ट्रपति रूसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन लगाउन तयार

एजेन्सी – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले रुसले बनाएको कोरोनाको भ्याक्सिन आफुले लगाउने बताएका छन् ।

दुतेर्तेले रुसले दु्रत गतिमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने प्रयास गरेको तारिफ गर्दै रूसबाट भ्याक्सिन आएपछि आफुले सार्वजनिक रूपमा लगाउँने बताएका हुन् ।

Advertisement

‘रूसबाट भ्याक्सिन आएपछि म सार्वजनिक रूपमा लगाउँछु, मलाई गरेको परीक्षण सफल भयो भने यसले सबैलाई काम गर्ने छ,’ उनले भनेका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरसको खोप उपलब्ध गराउने प्रस्ताव स्वीकारको भन्दै उनले रूसले बनाएको खोपको प्रभावकारितामा उनी विश्वस्त रहेको बताएका छन् ।

फिलिपिन्सको राष्ट्रपतिको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै फिलिपिन्सले खोप परीक्षण, आपूर्ति र उत्पादनमा सहयोग गर्न मस्को तयार रहेको बताएको छ ।