May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो

काठमाडौं – भारतमा संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ । कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार ४५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Advertisement

भारतमा एकैदिन ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ५८ हजार १०८ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।