April 28, 2024, Sunday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियालाई

भदौ ६, युइएफए युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । इनटर मिलानलाई हराउदै सेभिल्लाले उपाधि जितेको हो । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले हराउदै सेभिल्लाले उपाधि जितेको हो ।

सेभियाको जितमा लूक डी जोंगले २ गोल गरेका थिए भने एक गोल इन्टरका रोमेलु लुकाकुले आत्मघाती गोल गरेका थिए । खेलको ७४औ मिनेटमा सेभियाका डिएगो कार्लोसले हानेको बाइस्कल किक लुकाकुले टच गर्दा गोल हुनपुगेको थियो ।

Advertisement

यससँगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिल्ला अहिलेसम्म युरोपा लिगको इतिहासमा सबै भन्दा बढी २००६। २००७, २०१४, २०१५, २०१६ र २०२० मा गरि छैठौ पटक युरोपा लिग जितेको छ । त्यस्तै सेभिया अहिलेसम्म फाइनलमा पुगेर अहिलेसम्म पराजित भएको छैन ।