April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘प्लाज्मा थेरापी’लाई अमेरिकामा स्वीकृति, दान गर्न ट्रम्पकाे अपिल

‘प्लाज्मा थेरापी’लाई अमेरिकामा स्वीकृति, दान गर्न ट्रम्पकाे अपिल

भाद्र ८, अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोना भाइसरस संक्रमित बिरामीमा प्लाज्मा थेरापी उपचार पद्धतिलाई स्वीकृति दिएको छ । गम्भीर अवस्थामा पुगेका विरामीमा आपतकालीन उपचारका लागि उक्त पद्धति अवलम्बन गर्न स्वीकृति दिएकाे हाे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबारको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले प्लाज्मा (रगत) दान गर्न समेत काेराेनाबाट निकाे भइसकेकाे स्वस्थ व्यक्तिहरूसँग अपिल पनि गरेका छन् । ट्रम्पले प्लाज्मा थेरामीमार्फत् कोरोनाकाे मृत्यु दरलाई ३५ प्रतिशतसम्म कम गर्न सकिने अनुसन्धानबाट पत्ता लागेको बताउँदै प्लाज्मा दान गर्न  अपिल गरेका हुन् ।

Advertisement

अमेरिकामा अहिले कोरोनाविरुद्धका खोप पनि परीक्षणमा छन् । ट्रम्पले ती खाेप चाँडै तयार हुने आशा पनि व्यक्त गरेका छन् । एफडीएले कोरोना संक्रमणबाट निको भइसकेकाहरुको प्लाज्मामार्फत्  अमेरिकामा ७० हजारभन्दा बढी संक्रमितको उपचार गरिसकेको जनाएको छ ।