April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बार्सिलोना छाड्ने मेस्सीको निर्णय, ‘सम्झौताबाट रिलिज गरिदिनु’: मेस्सी

बार्सिलोना छाड्ने मेस्सीको निर्णय, ‘सम्झौताबाट रिलिज गरिदिनु’: मेस्सी

भाद्र १०, एजेन्सी । अर्जेन्टिनी फरवार्ड तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लबसमक्ष आफूले यसै ट्रान्सफर विन्डोमा क्लब छाड्ने निर्णय गरेको बताएका छन् ।

कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका हुन् । उनले यसबारे आफ्नो धारणा क्लबलाई फ्याक्समार्फत पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । साथै मेसीले आफ्नो सम्झौताबाट रिलिज गरिदिन समेत आग्रह गरेका छन् । मेसीको रिलिज क्लब ७०० मिलियन युरो रहेको छ ।

Advertisement

मेस्सीले आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताएका छन् । मेस्सीको सम्झौता अनुसार जुन १ सम्म उनले चाहेको अवस्थामा उनले कुनै रकम नतिरी क्लब छाड्न पाउने थिए ।

मेस्सीले गत शुक्रबार क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग भेटघाट गरेका थिए । त्यसबेला नै उनले आफू लामो समय क्लबमा नरहने प्रष्ट पारिसकेका थिए । क्लबको बोर्डसँग राम्रो सम्बन्ध नरहेका मेस्सीले कोम्यानसँग भेटघाटपछि क्लब छाड्ने निर्णय लिएका हुन् ।

मेसीले क्लब छाड्ने चाहने धारणा सार्वजनिक गरेपछि क्लबको आपतकालीन बैठक बोलाइएको छ । क्लबमा रहेको २ दशकपछि विश्व फुटबललाई नै आश्चर्यचकित बनाउँदै मेस्सीले बार्सिलोना छाड्ने निर्णय लिएका छन् ।