May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘युईएफए गोल अफ दि सिजन’ अवार्ड  रोनाल्डोलाई

‘युईएफए गोल अफ दि सिजन’ अवार्ड रोनाल्डोलाई

भाद्र १२, इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड जितेका छन् । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार ३५ वर्षीय रोनाल्डोको गोललाई टुर्नामेन्टभरिकै बेस्ट गोलका रूपमा घोषणा गरेको हो ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो । उनले बक्स बाहिबरबाट देब्रे खुट्टाले हानेको ‘रकेट सट’ वाला गोललाई फ्यानहरूले सिजनकै बेस्ट गोलमा छोनका हुन् । रोनाल्डोले २५ मिटर दूरीबाट हानेको रकेट सटले सोझे जाली चुमेको थियो । युइएफएले विश्वभरका फ्यानहरूका लागि सिजनकै बेस्ट गोल छान्न अनलाइन भोटिङ खुला गरेको थियो ।

Advertisement

उक्त अनलाइन भोटिङमा रोनाल्डोले सबैभन्दा धेरै ४ लाखभन्दा बढी भोट पाएर गोल अफ् द टुर्नामेन्टको अवार्ड जित्न सफल भए । रोनाल्डोले ४ लाखभन्दा बढी भोट पाउँदा उनीपछि दोस्रो बढी भोट मात्रै २३ हजार रहेको छ ।

यसपटक गोल अफ् द टुर्नामेन्टका लागि रोनाल्डोसहित स्पेनिस बार्सिलोनाका लुइस स्वारेज, जर्मन क्लब बार्यन म्युनिखका सेर्गे गेनाब्री, युभेन्टसकै जुआन काउडराडो, र जर्मन क्लब आरबी लेइपजिगका मार्सेल साबिज्टारको गोल मनोनयनमा परेको थियो ।

युभेन्टसले आफ्नो घरमा सो खेल २–१ ले जित्दा रोनाल्डोले २ गोल गरेका थिए । तर, एग्रीगेटमा युभेन्टस २–२ को बराबरी भए पनि अवे गोलमा पछि परेर प्रतियोगिताबाट आउट भएको थियो । यस सिजन रोनाल्डोले च्याम्पियन्स लिगमा कूल ४ गोल गरेका थिए ।