April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मेसीलाई भित्र्याउन सिटीको सय मिलियन युरो र तीन खेलाडी अफर

मेसीलाई भित्र्याउन सिटीको सय मिलियन युरो र तीन खेलाडी अफर

भाद्र १२, प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई भित्र्याउन सय मिलियन युरो र तीन खेलाडी दिने अफर गरेकाे छ । स्पेनिस मिडियाका दाबि अनुसार सिटीले मेसीका लागि सय मिलियन युराे सहित आफ्ना तीन खेलाडी गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सियालाई दिने प्रस्ताव गरेको छ ।

गाब्रियल जिससलाई बार्सिलोनाले लुइस स्वरेजको ठाउमा लैजान यस अघि पनि प्रयास गरिरहेकाले सिटीले मेसीको अफरमा जिससलाई पनि समावेश गरिदिएको बताइएको छ ।

Advertisement

मिडिया रिपोर्टमा मेसीले व्यक्तिगत हिसाबले सिटी आउन सहमत भएको बताइएको छ । विभिन्न मिडियाहरु केहि खेल पत्रकारको हवाला दिएर मेसीले बार्सिलोनासँगको सम्बन्धका बारेमा केहि समयमा नै सार्बजनिक रुपमा आफ्नो पक्ष आफ्ना फ्यानहरु समक्ष राख्ने दाबि गरिएको छ ।

यसैबीच स्पेनमा बार्सिलोनाका अध्यक्ष जेसेप मारियाले मेसीले सार्बजनिक रुपमा आफुसँग समस्या भएका कारणले बार्सिलोना छोड्न खोजेको बताएमा आफुले राजीनामा गर्न प्रस्ताव गरेको समेत बताइएको छ ।

अर्जेन्टिनी सुपर स्टारले मंगलबार पत्र लेख्दै क्लब छाड्न चाहेको प्रष्ट पारेका थिए । उनले अध्यक्ष बार्टोमेउलाई पत्र लेख्दै आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार अनुबन्धन तोड्न आग्रह गरेका थिए । एक वर्ष सम्झौताको अवधि रहँदै मेस्सीले क्लब छाड्न चाहेपछि त्यसले सबैभन्दा बढी दबाब भने अध्यक्ष बार्टोमेउमाथि परेको छ ।

बार्टोमेउले मेस्सी क्लबमा रहे आफूले पद छाड्ने मनासय बनाएपछि अब फेरि निर्णय पुनर्विचार गर्न मेस्सीमाथि दबाब थपिएको छ । यद्दपी यसमा उनको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । मेस्सीले केहि दिनमा नै आफ्नो भनाइ राख्ने बुझिएको छ ।