April 29, 2024, Monday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

भाद्र १३, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

चेन्नाईको टोलीमा रहेका भारतीय राष्ट्रिय टोलीका केही सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको छ । चेन्नईका खेलाडी र स्टाफ गरी कम्तिमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । बिहीबार परीक्षण गरिएको र शुक्रबार आएको रिपोर्टमा १० जनामा कोरोना देखिएको हो ।

Advertisement

तर, यस बारेमा चेन्नईले भने औपचारिक रुपमा केहि बताएको छैन । ठुलो मात्रामा कोरोना देखिएपछि टिमका सबै सदस्य क्वारेन्टाइनमा बसेको बताईएको छ ।

चेन्नईको टिममा महेन्द्र सिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, पियुस चावाला, दिपक चाहर लगायतका खेलाडी छन् ।