May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विश्वभर कोरोनाः एकैदिन ४१ सयभन्दा बढीको मृत्यु, २ लाख २० हजार संक्रमित

विश्वभर कोरोनाः एकैदिन ४१ सयभन्दा बढीको मृत्यु, २ लाख २० हजार संक्रमित

काठमाडौं –  विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख ८२ हजार ४९७ पुगेको छ ।

Advertisement

संक्रमितमध्ये ६९.७४ प्रतिशत अर्थात १ करोड ७७ लाख ४ हजार ७६१ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ४ हजार १८२ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ५० हजार ५०२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार ३९७ जनाको मृत्यु भएको छ । ३५ लाख ५५ हजार १९७ जना संक्रमित भएकोमा २० लाख ६५ हजार ७४२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७० हजार ५१४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७३ लाख ११ हजार ६७१ पुगेको छ । त्यसमध्ये ४२ लाख ३ हजार ३७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४१ हजार १६७ जनाको मृत्यु भएको छ । ६९ लाख ९२ हजार ४२६ जना संक्रमित भएकोमा ५५ लाख ९९ हजार ५४९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १ हजार १३६ जनाको मृत्यु भएको छ । ६२ लाख ४३ हजार ७०७ जना संक्रमित भएकोमा ४८ लाख ३२ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २९ हजार ६३३ जनाको ज्यान गएको छ भने १२ लाख ५० हजार ३७५ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ७९ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६४० जनाको मृत्यु भएको छ ।