May 5, 2024, Sunday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तिब्बतबारे चीनले गर्याे ऐतिहासिक घाेषणा

तिब्बतबारे चीनले गर्याे ऐतिहासिक घाेषणा

एजेन्सी – चिनियाँ राष्ट्रपति शी चिनफिङले एक ‘नयाँ आधुनिक समाजवादी तिब्बत’ निर्माणका लागि आह्वान गर्नुभएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं चीनको केन्द्रीय सैन्य कमिशनका अध्यक्ष चिनफिङले बेइजिङमा तिब्बतका बारेमा गरिएको एक उच्चस्तरीय बैठकमा यस्तो टिप्पणी गर्नुभएको हो ।

Advertisement

तिब्बतमा स्थिरता बनाइ राख्न एवं राष्ट्रिय एकताको रक्षा गर्नका लागि चीनले अझै बढी कोशिश गर्नुपर्नेमा उहाँको जोड थियो ।

राष्ट्रपतिबाट तिब्बतलाई समाजवादी मोडलमा लैजाने यो घोषणा गर्नुपूर्व विदेश मन्त्री वांग यीले तिब्बत भ्रमण गरी तिब्बतको सीमावर्ती क्षेत्रमा भइरहेको निर्माण कार्यको अनुगमन गर्नुभएको थियो ।