April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विश्वविद्यालय खुलेपछि अमेरिकामा विद्यार्थीहरु धमाधम संक्रमित

विश्वविद्यालय खुलेपछि अमेरिकामा विद्यार्थीहरु धमाधम संक्रमित

भदौ १५, अमेरिकाका केही राज्यमा विश्वविद्यालय र कलेजमा पठन–पाठन खोलिएपछि पढ्न गएका विद्यार्थीहरु धमाधम संक्रमित हुन थालेका छन्।

महामारीकै बीच कलेज खोजिएपछि ठूलो संख्यामा विद्यार्थीहरु संक्रमित भएको समाचार एजेन्सी रोयटर्सले समाचार सार्वजनिक गरेको छ। विद्यार्थी संक्रमित हुन थालेपछि केही कलेजहरुले फेरि अनलाइन कक्षा चलाउन थालेका छन्।

Advertisement

विद्यार्थी नै संक्रमित भएपछि न्यूयोर्क राज्यको विशेष स्वास्थ्य टोली स्टेट युनिभर्सिटी अफ न्युयोर्क जाँदैछ। त्यहाँ एक सयभन्दा बढी विद्यार्थीलाई कोरोना संत्रमण भएको छ।

विश्वविद्यालयका चान्सलरले भने विद्यार्थीहरु भोज र रमाइला गतिविधिमा सहभागी भएकाले उनीहरु संक्रमित भएको तर्क गरेका छन्।