May 8, 2024, Wednesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
क्रोसियन मिडफिल्डर राकिटिचले छोडे बार्सिलोना, पूर्वक्लब सेभिया जाँदै

क्रोसियन मिडफिल्डर राकिटिचले छोडे बार्सिलोना, पूर्वक्लब सेभिया जाँदै

भाद्र १६, एजेन्सी । क्रोसियन मिडफिल्डर इभान राकिटिचले बार्सिलोना छोड्ने भएका छन् । उनी यो सिजनमा बार्सिलोना छाड्ने पहिलो स्टार खेलाडी बनेका हुन् ।

नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाईका राकिटिचसहित अन्य खेलाडी आफ्नो योजनामा नरहेको बताएका थिए । बार्सिलोनाको योजनामा नरहेका राकिटिच आफ्नो पूर्व क्लब सेभिल्ला फर्कने पक्का भएको हो । उनी सन् २०१४ मा सेभियाबाटै बार्सिलोना आएका थिए ।

Advertisement

मिडिया रिपोर्टका अनुसार राकिटिकले आफ्नो पारिश्रमिकमा व्यापक कटौती गरेर सेभिया जाने निर्णय गरेका छन् । नयाँ सम्झौता अनुसार उनले वार्षिक २.७ मिलियन पाउन्ड पाउनेछन् । गत सिजन राकिटिचले ७ मिलियन कमाई गरेका थिए ।

राकिटिकले सेभियासँग २ बर्षको सम्झौता गर्ने बताइएको छ । बार्सिलोना र सेभिया सहमत भएपछि राकिटिकले अहिले सेभियामा मेडिकल गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

३२ वर्षे मिडफिल्डर राकिटिचले बार्सिलोनाका लागि ३१० खेलमा ३६ गोल गरेका छन् । उनले बार्सिलोनाबाट चारपटक स्पेनिस ला लिगा, चारपटक कोपा डेल रे र समान एकपटक च्याम्पियन्स लिग, फिफा क्लब वल्डकप, युइएफए सुपरकप र सुपरकोपा जितेका छन् ।