May 11, 2024, Saturday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जमैका ट्रिनबागो नाइट राइडर्ससँग पराजित

जमैका ट्रिनबागो नाइट राइडर्ससँग पराजित

भदौ १७, जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको छ । ट्रिनबागोले मंगलबार राति भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजलाई १९ रनले हराएको छ । सुरुवाती ब्याटिङ गरेको ट्रिनबागोले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो।

विशाल लक्ष्य पछ्याएको जमैकाले पहिलो बलमै विकेट गुमाएपनि निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर एक सय ६५ रन जोडे। कप्तान आन्द्रे रस्सेलले २३ बलमा चार छक्का र पाँच चौकासहित ५० रन जोडे। कार्लोस ब्राथवैटले २६ र ग्लेन फिलिप्सले ४१ रन बनाए। ब्राथवैट र रस्सेलबीच सातौँ विकेटका लागि ५।५ ओभरमा ६८ रनको साझेदारी भयो।

Advertisement

ट्रिनबागोका बलर फावद आलमले दुई तथा ड्वेन ब्राभो, सुनिल नारायन, अकियल हुसेन र खेरी पायरले एक एक विकेट हात पारे।

७ खेलबाट १४ अंक भएको ट्रिनबागो सेमिफाइनल पुगिसकेको छ। तल्लावाज ७ खेलबाट ६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। पाँचौँ स्थानमा रहेको बार्बाडोस ट्राइडेन्ट्सको सात खेलबाट चार अंक छ।

तेस्रो स्थानमा रहेको गुयाना एमाजनको पनि सात खेलबाट ६ अंक छ। यी तीनवटै टोलीले लिग चरणमा तीन तीन खेल खेल्न बाँकी छ। लिग चरणका शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्।