April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अमेरिकामा तेस्राे चरणकाे परीक्षणमा बेलायती कम्पनीकाे खोप

अमेरिकामा तेस्राे चरणकाे परीक्षणमा बेलायती कम्पनीकाे खोप

भदाै १७, बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोनाविरुद्ध निर्माण गरिरहेकाे खोपको क्लिनिकल तेस्रो चरणमा प्रवेश गरेको छ। उक्त खाेपकाे परीक्षण संयुक्त राज्य अमेरिकामा भइरहेकाे छ । हाल अमेरिकामा परीक्षणमा रहेकामध्ये अन्तिम चरणको परीक्षण गर्नेमा उक्त कम्पनी तेस्रो स्थानमा छ ।

अक्सफोर्ड विश्वविद्यालयको साझेदारीमा विकास गरिएकाे यो खोपलाई अमेरिकी संघीय सरकारले समर्थन जनाउनुका साथै ३० हजार नागरिकमा परीक्षण अनुमति दिइसकेकाे छ । यसअघि अमेरिकामै मोडर्ना र फाइजर/बायोएनटेक खाेप तेस्रो चरणको परीक्षणमा गइसकेकाे सिएनएनले जनाएकाे छ ।

Advertisement

समाचार संस्था सिएनएनका अनुसार एस्ट्राजेनिकाले अमेरिकामा १८ वर्ष वा सोभन्दा माथिका विभिन्न जातीय र भौगोलिक समूहहरूबाट करिब ३० हजार व्यक्तिमा तेस्रो चरणको खाेप परीक्षण गर्न लागेकाे छ ।  यो खोप स्वस्थ व्यक्ति वा एचआईभी भएका वा कोरोना संक्रमणको जोखिमको खतरा भएका व्यक्तिलाई ४ हप्ताकाे अन्तरालमा दुइ डोज दिइने जनाइएकाे छ ।

हाल एस्ट्राजेनेकाको तेस्रो चरणको परीक्षण बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा पनि भइरहेको छ । साथै जापान र रुसमा पनि यसको परीक्षण थाल्ने बताइएकाे छ ।